default_image

3 years ago

May 6, 2023

९ खेलपछि चेल्सीको जित

271 views

0 Bookmark

एजेन्सी – लन्डन क्लब चेल्सीले ९ खेलपछि जित निकालेको छ । प्रिमियर लिग अन्तरगत शनिबार राति भएको खेलमा बर्नमाउथलाई ३–१ ले पराजित गर्दै चेल्सीले १०औं खेलमा जित निकाल्न सफल भएको हो ।

११ मार्चमा लेस्टर सिटीलाई ३–१ ले पराजित गरेयता चेल्सीले ९ खेलसम्म जित निकाल्न सकेको थिएन । यस क्रममा चेल्सीले दुई बराबरी र ७ हारको नतिजा निकालेको थियो ।

भिटालिटी स्टेडियम बर्नमाउथमा शनिबार राति भएको खेलमा चेल्सीको जितमा कोनोर गल्लाघेर, बेनोइट बाडियासिल र जोआओ फेलिक्सले गोल गरे । बर्नमाउथका माटिअस भिनाले एक गोल फर्काए ।

खेलको नवौं मिनेटमा कोनोर गल्लाघेरको गोलबाट चेल्सीले १–० को अग्रता लिन सफल भयो । उनले एनगोलो कान्टेको पासमा गोल गर्न सफल भएका थिए ।

२१औं मिनेटमा माटिअस भिनाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । भिनाले रायनको पासलाई सदुपयोग गरेका थिए ।

दोस्रो हाफको अन्त्यतिर चेल्सीले दुई गोल थप्दै ३ अंक बटुल्यो । ८२औं मिनेटमा बेनोइटले गोल गर्दै चेल्सीलाई २–१ को अग्रता दिलाए । उनले हाकिम जियाचको पासमा गोल गर्न सफल भए । त्यसपछि ८६औं मिनेटमा फेलिक्सले रहिम स्टर्लिङको पासमा गोल गर्दै चेल्सीलाई सहज जित दिलाए ।

यस जितसँगै चेल्सी ३४ खेलबाट ४२ अंक जोडेर ११औं स्थानमा छ । पराजित बर्नमाउथ ३५ खेलबाट ३९ अंक जोडेर १४औं स्थानमा छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.