3 years ago
May 7, 2023
एजेन्सी – इजिप्टका फरवार्ड मोहम्मद सलाहको निर्णायक गोलमा लिभरपुलले इंग्लिस प्रिमियर लिगमा जित निकालेको छ । लिभरपुलले घरेलु मैदानमा ब्रेन्टफर्डमाथि १–० को झिनो अन्तरको जित निकालेको हो ।

एनफिल्डमा शनिबार राति भएको खेलमा घरेलु टोलीको जितमा पहिलो हाफमा सलाहले गरेको गोल नै निर्णायक बन्यो । उनले १३औं मिनेटमा भर्जिल भान डाइकको पासमा गोल गर्न सफल भएका थिए ।
प्रतिस्पर्धात्मक बनेको खेलमा त्यसपछि दुवै टोलीबाट थप गोल निस्कन नसक्दा पहिलो हाफको गोल नै लिभरपुललाई ३ अंक जोड्न पर्याप्त बन्यो ।
यस जितसँगै लिभरपुल ३५ खेलबाट ६२ अंक जोडेर पाँचौं स्थानमा यथावत रहेको छ । पराजित ब्रेन्टफर्ड ३५ खेलबाट ५० अंक जोडेर नवौं स्थानमा छ ।
प्रिमियर लिगकै अर्काे खेलमा टोटेनहम हटस्परले क्रिस्टल प्यालेसलाई १–० ले पराजित गरेको छ । टोटेनहमको जितमा पहिलो हाफको इन्ज्युरी समयमा कप्तान ह्यारी केनले गरेको गोल नै निर्णायक बन्यो ।
यस जितले छैटौं स्थानमा रहेको टोटेनहमको ३५ खेलबाट ५७ अंक पुगेको छ । पराजित प्यालेस ४० अंक जोडेर १२औं स्थानमा छ ।
अन्य नतिजा
बर्नमाउथविरुद्ध चेल्सी (१–३)
म्यानचेस्टर सिटीविरुद्ध लिड्स (२–१)
वल्भ्सविरुद्ध एस्टन भिल्ला (१–०)
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]