3 years ago
May 7, 2023
काठमाडौं (हाम्रो खेलकुद) – लेवनानका फरवार्ड युसुफ अथ्रिसले इन्ज्युरी समयमा पेनाल्टीमार्फत गोल गर्दा संकटा क्लब सहिद स्मारक ए डिभिजन लिगमा त्रिभुवन आर्मी फुटबल क्लबसँग हारबाट जोगिएको छ ।

एन्फा कम्प्लेक्समा आइतबार सम्पन्न खेलमा संकटाले आर्मीलाई १-१ को बराबरीमा रोक्दै रेलिगेसन क्षेत्र छाड्यो । आर्मीले कप्तान भरत खवासको गोलमा पहिलो हाफमा अग्रता लिएपनि अन्तिम समयमा गोल खाँदा अंक बाँडेको हो । आर्मी यस बराबरीसँगै १५ खेलमा २१ अंक जोड्दै छैटौं स्थानमा छ । यता संकटा १५ खेलमा १७ अंकका साथ दशौं स्थानमा उक्लिएको छ ।
खेलको १८ औं मिनेटमा कप्तान भरत खवासले आर्मीलाई अग्रता दिलाएका थिए । जिलेस्पी जंग कार्कीको पासलाई उनले पेनाल्टी क्षेत्रभित्र लग्दै गोल गरेका थिए । तर दोस्रो हाफको इन्ज्युरी समयमा गोल खाएपछि आर्मी जितबाट बन्चित भयो ।

इन्ज्युरी समयको चौथो मिनेटमा भरत चौधरीले जुनिअर एन्कुंगेलाई फल गरेपछि रेफ्री प्रज्वल क्षेत्रीले पेनाल्टी दिए । अथ्रिसले पेनाल्टीमा गोल गर्दै संकटालाई हारबाट जोगाए । अथ्रिसले सिजनको पहिलो गोल पनि गरे ।
त्यसअघि दिनको अर्को खेलमा मच्छिन्द्रका ओलावाले आफिजले इन्ज्युरी समयमा गोल गर्दा एपीएफ २-१ ले पराजित भयो ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]