default_image

3 years ago

May 8, 2023

डर्टमुन्डको ६ गोल

262 views

0 Bookmark

एजेन्सी – वल्फ्सवर्गमाथि सानदार जित निकाल्दै बोरुसिया डर्टमुन्डले जर्मन बुन्डेसलिगाको उपाधि जित्ने सम्भावनालाई जीवितै राखेको छ ।

वल्फ्सवर्गलाई ६–० ले पराजित गर्दै डर्टमुन्डले शीर्षस्थानको बायर्न म्युनिखसँगको अंक दुरी १ मा छोट्याएर उपाधि जित्ने सम्भावना जीवितै राखेको हो ।

डर्टमुन्डको सानदार जितमा करिम एडियमी र जुड बेलिङहमले समान दुई तथा सेवास्टिन हालेर र डोनेल मालेनले समान एक गोल फर्काए । डर्टमुन्डले पहिलो र दोस्रो हाफमा समान तीन गोल गरेको थियो ।

सिग्नल इडुना पार्कमा आइतबार राति गोलको वर्षा भएको खेलको १४औं मिनेटमा करिम एडियमीको गोलबाट डर्टमुन्डले १–० को अग्रता लिन सफल भयो ।

२८औं मिनेटमा सेवास्टिनले गोल गर्दै डर्टमुन्डको अग्रता दोब्बर पारे । ३७औं मिनेटमा डोनेल मालेनले गोल गरेपछि डर्टमुन्डले पहिलो हाफमा ३–० को आरामदायी अग्रता सलन सफल भयो ।

५४औं मिनेटमा बेलिङहमले गोल गरेपछि डर्टमुन्ड खेलमा ४–० ले अघि बढ्यो । ५९औं मिनेटमा एडेयमीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौं गोल गरेपछि डर्टमुन्ड आरामदायी जिततर्फ अग्रसर बन्यो ।

६५औ मिनेटमा एडियमी पेनाल्टीमा चुक्दा ह्याट्रिकबाट पनि चुक्न पुग्यो । ८६औं मिनेटमा बेलिङहमले व्यक्तिगत दोस्रो तथा टोलीका लागि छैटौं गोल गर्दै डर्टमुन्डलाई सानदार जित दिलाए ।

यस जितसँगै दोस्रो स्थानमा रहेको डर्टमुन्डको ३१ खेलबाट ६४ अंक पुगेको छ । समान खेलबाटै शीर्षस्थानमा रहेको बायर्नको ६५ अंक छ । पराजित वल्फ्सवर्ग ३१ खेलबाट ४६ अंक जोडेर सातौं स्थानमा छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.