3 years ago
May 9, 2023
एजेन्सी – रेलिगेसन क्षेत्रनजिक रहेको एभर्टनले इंग्लिस प्रिमियर लिगको शीर्ष ६ को दौडमा रहेको ब्राइटन होव अल्वियोनमाथि सानदार जित निकालेको छ ।

एभर्टनले ब्राइटनलाई उसकै मैदानमा ५–१ को लज्जास्पद हार चखाएको हो । एभर्टनको फराकिलो जितमा एब्डुलाए डोउकाउरे र डिवाइट म्याक्नेलले समान दुई गोल गर्दा एक गोल उपहार पाएको थियो । ब्राइटनका एलेक्किस म्याक एलिस्टरले एक गोल फर्काए ।
दि अमेरिकन एक्सप्रेस कम्युनिटी स्टेडियम फाल्मेरमा सोमबार राति गोलको वर्षा भएको खेलको पहिलो मिनेटमा डोउकाउरेको गोलबाट एभर्टनले अग्रता लिएको थियो ।
२९अऔं मिनेटमा डोउकाउरेले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे । ३५औं मिनेटमा जासोनले अआत्मघाती गोल गरेपछि एभर्टन पहिलो हाफमा ३–० ले अघि बढ्यो ।
७६औं मिनेटमा म्याक्नेलले गोल गरेपछि एभर्टन फरकिलो जिततर्फ अघि बढ्यो । ७९अऔं मिनेटमा एलिस्टरले गोल गर्दै खेललाई ४–१ को स्थितिमा ल्याए ।
त्यसपछि इन्ज्युरी समयको थप गरिएको छैटौं मिनेटमा म्याक्नेलले व्यक्तिगत दोस्रो र टोलीका लागि पाँचौं गोल गर्दै एभर्टनलाई सानदार जित दिलाए ।
यस जितसँगै एभर्टनले रेलिगेसन क्षेत्र छाडेको छ । एभर्टन ३५ खेलबाट ३२ अंक जोडेर १७औं स्थानमा उक्लिएको छ । पराजित ब्राइटन ३३ खेलबाट ५५ अंक जोडेर सातौं स्थानमा छ ।
प्रिमियर लिगकै अर्काे खेलमा फुलहमले लेस्टर सिटीलाई ५–३ ले तथा नटिङहम फरेस्टले साउथह्याम्टनलाई ४–३ ले पराजित गरेको छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]