3 years ago
May 9, 2023
काठमाडौं (हाम्रो खेलकुद) – चार खेलको जितविहिन यात्रामा पूर्णविराम लगाउँदै जावलाखेल युवा क्लब सहिद स्मारक ए डिभिजन लिग २०७९ को शीर्षस्थानमा उक्लिएको छ ।

दशरथ रंगशालामा मंगलबार जावलाखेलले हिमालयन शेर्पा क्लबलाई १-० ले पराजित गर्यो । पहिलो हाफको आत्मघाती गोल नै जावलाखेलको जितमा निर्णायक सावित भयो । यस जितसँगै जावलाखेल १६ खेलमा २७ अंकका साथ शीर्षस्थानमा उक्लियो । एक खेल कम खेलेको चर्च ब्वाइजको २७ अंक नै भएपनि हेड टु हेडमा जावलाखेल अघि छ । शेर्पा भने १६ खेलमा २० अंकका साथ अंक तालिकाको मध्य भागमा छ ।
खेलको चौथो मिनेटमा हिसुब थपलियाको प्रहार बाहिरिँदा जावलाखेलले अग्रता लिने अवसर गुमायो । पेनाल्टी क्षेत्र बाहिरबाट बल अघि बढाउँदै ६ यार्ड बक्स भित्रबाट कठिन एंगलबाट गरेको प्रहार पोस्टभन्दा थोरैले बाहिरियो । २४ औं मिनेटमा जावलाखेलले आत्मघाती गोलमा अग्रता लियो । अब्दुलअजिज निशानबाएभको कर्नर गोलरक्षक किशोर गिरीले पन्च नभेट्दा अमृत श्रेष्ठको कम्मरमुनि लाग्दै गोल भयो ।
५३ औं मिनेटमा हिसुबको प्रहार गोलरक्षक किशोर गिरीले बचाएपनि रिबाउन्डमा आएको बललाई हिसुबले पुन: पोस्टको दिशा दिन सकेनन् । ५५ औं मिनेटमा निशानबाएभको प्रहार पोस्ट नजिकबाट बाहिर गयो ।
५८ औं मिनेटमा हिसुबको पासमा फोडे फोफानाको प्रहार गोलरक्षक किशोरले बचाए । इन्ज्युरी समयमा हिसुबकै प्रहार पोस्टभन्दा माथिबाट जाँदा जावलाखेल अग्रता दोब्बर पार्नबाट बन्चित भयो ।
त्यसअघि दिउँसो दशरथ रंगशालामै भएको खेलमा एनआरटी र थ्री स्टारले गोलरहित बराबरी खेले । च्यासल मैदानमा लेबनानी फरवार्ड युसेफ अथ्रिसको दुई गोलमा संकटाले सातदोबाटोलाई हरायो ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]