3 years ago
May 10, 2023
एजेन्सी – युइएफए च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलमा आज (बुधबार) राति इटालीका दुई टोली एसी मिलान र इन्टर मिलानबीच प्रतिस्पर्धा हुँदैछ ।

मिलान डर्वीको यो खेल मिलानोमा बुधबार राति १२ः४५ बजेपछि हुनेछ । इटालियन सिरी ‘ए’ को शीर्ष चारको दौडमा रहेको यि दुई बीचको सेमिफाइनल खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । दुवै टोली पहिलो लेगमा सफलता हात पार्दै फाइनल पुग्ने सम्भावना बलियो पार्न चहान्छ ।
मिलानसँग फरवार्ड ओलिभर जिरुड, ब्राहिम डियाज, स्माइल बेनासर, एलेक्सिस सेलमेकर्स, रेड क्रुनिच, सान्द्रो टोनाली, थियो हर्नान्डेज, सिमोन काएर, फिकायो तोमोरी, डाभिड कालाब्रिय र गोलरक्षक माइक मेगनान छन् ।
पछिल्लो ९ खेलमा अपराजित रहेको मिलान घरेलु मैदानमा पनि ९ खेलसम्म अपराजित छ । मिलान अपराजित यात्रालाई लम्ब्याउने लक्ष्यमा मैदान उत्रनेछ ।
यता, इन्टर पनि पछिल्लो ६ खेलमा अपराजित छ । इन्टरले मिलानविरुद्धको पछिल्लो दुवै खेलमा जित निकालेका कारण इन्टर सोही जितको लक्ष्यमा हुनेछ । मिलान उक्त हारको श्रृंखा तोड्ने योजनामा हुनेछ ।
इन्टरसँग रोमेलु लुकाकु, लोउटारो मार्टिनेज, हेनरिक मिखटरयान, हकान चलहानोग्लु, फेडरिको डिमार्काे, निकोला बरेल्ला, डेन्जेल डमफ्रेज, एलेसान्द्रो बास्टोनी, फ्रान्सिस्को एसर्वी, माटियो डर्मिएन र गोलरक्षक आन्द्रे ओनाना छन् ।
यि दुई टोलीबीचको पछिल्लो ३६ खेलको नजितामा इन्टर मिलान हावी छ । इन्टरले १६ खेल जित्दा मिलानले १२ खेल जितेको छ । ८ खेल बराबरीमा सकिएको छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]