3 years ago
May 10, 2023
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय महिला टोलीका खेलाडी एकअर्काविरुद्ध उत्रिएको भारतीय महिला लिग (आईडब्ल्यूएल) मा बुधबारको खेल बराबरीमा टुंगिएको छ ।

राष्ट्रिय टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा आबद्ध सेथु र राष्ट्रिय टोलीका मिडफिल्डरद्वय सरु लिम्बु र रेनुका नगरकोटे आबद्ध किकस्टार्ट एफसी कर्नाटकबीचको खेल गोलरहित बराबरीमा सकिएको थियो । पहिलो रोजाईमा खेलका एन्जिला र सुरुले पूरा समय खेलेका थिए । रेनुका भने ८१ औं मिनेटमा कोइको एलिजावेथ काटुङवाको ठाँउमा मैदान प्रवेश गरेकी थिइन् ।
समूह बीमा रहेका सेथु र किकस्टार्ट दुवैको जारी लिगमा पहिलो बराबरी हो । सेथले ६ खेलमा १६ अंकसहित शीर्षस्थानमा छ भने किकस्टार्ट १३ अंकसहित तेस्रो स्थानमा छ । १५ अंकका साथ उडिसा एफसी तेस्रो स्थानमा छ । बुधबार नै भएको अर्को खेलमा नेपाली राष्ट्रिय टोलीकी मिडफिल्डर अनिता बस्नेत आबद्ध लर्डस् एफ ए कोची पराजित भएको छ । चर्चिल ब्रदर्श एफसीसँग लर्डस् एफए ३–१ ले हराएको थियो । अनिता पहिलो रोजाईमा खेलेकी थिइन् ।

समान ३ अंकरहेका लर्डस् समूह बीको अंकतालिकाको छैटौं र चर्चिल सातौं स्थानमा छ । समूह एमा अपराजित रहेको गोकुलम केरोला एफसी १६ अंकसहित शीर्षस्थानमा छ । गोकुलमबाट खेलिरहेकी राष्ट्रिय टोलीकी फरवार्ड सावित्रा भण्डारी साम्बाले १९ गोल गरिसकेकी छिन् ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]