3 years ago
May 11, 2023
काठमाडौं (हाम्रो खेलकुद) – जावलाखेल युवा क्लब सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

च्यासल मैदानमा फ्रेन्ड्स क्लबलाई ४-१ ले हराउँदै जावलाखेल शीर्ष स्थानमा फर्किएको हो । जावलाखेलको जितमा एनकोटो मासोआबीले २ तथा राहुल राहुल र फोडे फोफानाले १-१ गोल गरे । फ्रेन्ड्सका लागि श्याम बाबु क्यापछाकीले गोल फर्काए ।
जावलाखेलको १७ खेलमा ३० अंक छ । चर्च ब्वाइज समान ३० अंकमा भएपनि हेड टु हेड नतिजामा पछि छ । जावलाखेलले चर्च ब्वाइजलाई १-० ले हराएको थियो । फ्रेन्ड्स १७ खेलमा १९ अंकसाथ ११ अौं स्थानमा छ ।
२० अौं मिनेटमा जावलाखेलले अग्रता लियो । अब्दुलअजिज निशानबाएभको कर्नरमा भारतीय डिफेन्डर राहुल राहुलले हेडरमार्फत गोल गरे । त्यसको ६ मिनेटपछि नै अब्दुलअजिजले अर्को असिस्ट प्रदान गरे । उनको फ्रिकिकलाई एनकोटो मासोआबीले गोलको दिशा दिए।
५७ अौं मिनेटमा फ्रेन्ड्सका असिम भुषालको फ्रिकिक पोस्टभन्दा थोरै माथिबाट बाहिरियो । ६४ अौं मिनेटमा मासोआबीको पेनाल्टीमा जावलाखेलले ३-० को अग्रता लियो । पेनाल्टी क्षेत्रभित्र एन्जल महर्जनले ह्यान्ड गरेपछि रेफ्री उमेश विदारीले पेनाल्टी दिए ।
७५ अौं मिनेटमा मासोआबीको ह्याट्रिकसामु गोलरक्षक राजाबाबु थापा बाधक बने । उनले पेनाल्टी क्षेत्र भित्रबाट गरेको शक्तिशाली प्रहार राजाबाबुले मुस्किलले बचाए । ८० अौं मिनेटमा श्याम बाबु क्यापछाकीले फ्रेन्ड्सका लागि गोल फर्काए ।
इन्ज्युरी समयमा फोडे फोफानाले गोल गर्दै जावलाखेलको जित पक्का गरे । उनले मासोआबीको पासमा सुन्दर भलीमार्फत गोल गरे ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]