3 years ago
May 12, 2023
एजेन्सी – युइएफए युरोपा लिगको सेमिफाइनलको पहिलो लेगमा इटालियन क्लब रोमाले जित निकाल्न सफल हुँदा अर्काे इटालियन क्लब युभेन्ट्स हारबाट जाेगिएकाे छ ।

रोमाले जर्मन क्लब बायर लिभरकुसनलाई १–० ले पराजित गरेको हो । घरेलु मैदानमा रोमाको जितमा दोस्रो हाफमा इडुएर्डाे बोभले गरेको गोल नै निर्णायक बन्यो । स्टेडियो ओलम्पिको रोमामा बिहीबार राति भएको खेलमा इडुएर्डाेले ६३औं मिनेटमा गोल गर्न सफल भएका थिए ।
घरेलु टोली रोमाले दवाव झेलेपनि आँफुले लिएको अग्रतालाई जोगाएर पहिलो लेगमा सफलता प्राप्त गर्न सफल भयो । बायर लिभरकुसनका प्रशिक्षक जाभी अलन्सो आफ्नो पुर्व प्रशिक्षक जोसे मौरिन्होविरुद्ध टच लाइनमा रहँदा जित निकाल्न भने सफल भएन ।
जाभीले मौरिन्होकै प्रशिक्षणमा स्पेनिस क्लब रियल म्याड्रिडबाट सन् २०१० देखि २०१३ सम्म १५१ खेल खेलेका थिए । तर, टचलाइनमा उनले आफ्नो पुर्व प्रशिक्षकलाई जित्न सकेन ।

अब दोस्रो लेग लिभरकुसनको मैदानमा १८ मेमा हुनेछ । रोमालाई यही नतिजा फाइनल पुग्न पर्याप्त रहँदा लिभरकुसनलाई कम्तीमा २–० को जितको खाँचो छ ।
यस्तै अर्काे सेमिफाइनलमा इन्ज्युरी समयको थप गरिएको सातौं मिनेटमा फेडरिको गट्टीले गोल गर्दै युभेन्ट्सलाई हारबाट जोगाएको छ । युभेन्ट्सले स्पेनिस क्लब सेभियासँग १–१ गोलको बराबरी खेलेको हो ।
एलिएन्ज एरिना टोरिनोमा बिहीबार राति भएको खेलमा सेभियाका युसेफ एन न्यास्रीले २६औं मिनेटमा गोल गर्न सफल भएपनि अन्तिम समयमा सम्हालिन नसक्दा बराबरीमा रोकिन पुग्यो ।
अब दोस्रो लेगमा जित निकाल्ने टोली फाइनलमा पुग्नेछ । दोस्रो लेग सेभियाको मैदानमा १८ मेमा हुनेछ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]