3 years ago
May 13, 2023
काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड दिपक राज सिंह ठकुरीले दुई गोल र एक असिस्टसहित उत्कृष्ट प्रदर्शन गर्दा सहिद स्मारक ए डिभिजन लिग २०७९ मा सातदोबाटो युवा क्लबले नेपाल एपिएफ क्लबलाई पराजित गरेको छ ।

दशरथ रंगशालामा शनिबार सातदोबाटोले ३-० को जित दर्ता गरेको हो । सातदोबाटोको जितमा दिपकले २ तथा विलियम ओपोकुले १ गोल गरे । यस जितसँगै सातदोबाटो अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । सातदोबाटोको १७ खेलमा ७ जित, ५ बराबर र ५ हार रहेको छ । यस्तै एपिएफ १७ खेलमा ६ जित, ४ बराबरी र ७ हारसँगै २२ अंक जोडेर सातौं स्थानमा छ ।
१३ औं मिनेटमा सातदोबाटोले विलियम ओपोकुको सुन्दर गोलमा अग्रता लियो । दायाँ विंगबाट दिपक राज सिंह ठकुरीले दिएको क्रसलाई विलियमले भलीमार्फत गोल गरेका थिए । ३६ औं मिनेटमा दिपकले सातदोबाटोको अग्रता दोब्बर पारे । विलियमले मिडफिल्डमा फ्लिक गरेको बललाई नियन्त्रणमा लिँदै दिपकले पेनाल्टी क्षेत्र बाहिरबाट गोल गरे ।

३९ औं मिनेटमा ओपोकुकै पासमा दीपकले दुई डिफेन्डरको बीचबाट गरेको प्रहार पोस्टभन्दा माथिबाट बाहिरियो । इन्ज्युरी समयमा एपिएफको लगातार दुई अवसरमा गोलरक्षक अभिषेक बराल बाधक बने ।
७७ औं मिनेटमा दिपकले एकल प्रयासमा व्यक्तिगत दोस्रो गोल गरे । सुशील लामाले मिडफिल्डबाट दिएको पास लिएपछि पेनाल्टी क्षेत्र बाहिर डिफेन्डरलाई छक्याउँदै उनले सुन्दर फिनिस गरे ।
त्यसअघि मच्छिन्द्रले थ्री स्टारलाई तथा आर्मीले चर्च ब्वाइजलाई १-० ले पराजित गरे ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]