default_image

3 years ago

May 13, 2023

दिपक चम्कँदा सातदोबाटो विजयी

679 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड दिपक राज सिंह ठकुरीले दुई गोल र एक असिस्टसहित उत्कृष्ट प्रदर्शन गर्दा सहिद स्मारक ए डिभिजन लिग २०७९ मा सातदोबाटो युवा क्लबले नेपाल एपिएफ क्लबलाई पराजित गरेको छ ।

दशरथ रंगशालामा शनिबार सातदोबाटोले ३-० को जित दर्ता गरेको हो । सातदोबाटोको जितमा दिपकले २ तथा विलियम ओपोकुले १ गोल गरे । यस जितसँगै सातदोबाटो अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । सातदोबाटोको १७ खेलमा ७ जित, ५ बराबर र ५ हार रहेको छ । यस्तै एपिएफ १७ खेलमा ६ जित, ४ बराबरी र ७ हारसँगै २२ अंक जोडेर सातौं स्थानमा छ ।

१३ औं मिनेटमा सातदोबाटोले विलियम ओपोकुको सुन्दर गोलमा अग्रता लियो । दायाँ विंगबाट दिपक राज सिंह ठकुरीले दिएको क्रसलाई विलियमले भलीमार्फत गोल गरेका थिए । ३६ औं मिनेटमा दिपकले सातदोबाटोको अग्रता दोब्बर पारे । विलियमले मिडफिल्डमा फ्लिक गरेको बललाई नियन्त्रणमा लिँदै दिपकले पेनाल्टी क्षेत्र बाहिरबाट गोल गरे ।

३९ औं मिनेटमा ओपोकुकै पासमा दीपकले दुई डिफेन्डरको बीचबाट गरेको प्रहार पोस्टभन्दा माथिबाट बाहिरियो । इन्ज्युरी समयमा एपिएफको लगातार दुई अवसरमा गोलरक्षक अभिषेक बराल बाधक बने ।

७७ औं मिनेटमा दिपकले एकल प्रयासमा व्यक्तिगत दोस्रो गोल गरे । सुशील लामाले मिडफिल्डबाट दिएको पास लिएपछि पेनाल्टी क्षेत्र बाहिर डिफेन्डरलाई छक्याउँदै उनले सुन्दर फिनिस गरे ।

त्यसअघि मच्छिन्द्रले थ्री स्टारलाई तथा आर्मीले चर्च ब्वाइजलाई १-० ले पराजित गरे ।

लिगको अंक तालिका, खेल तालिका, पुरानो नतिजा, सर्वाधिक गोलकर्ता, सर्वाधिक असिस्ट, क्लिन सिट लगायत सम्पूर्ण जानकारीका लागि यहाँ थिच्नुहोस ।

December 10, 2025

बायर्न र बार्सिलोनाको जित

एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो।  सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

Success

Thank you for your time.