3 years ago
May 15, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत सोमबार हिमालयन शेर्पा क्लब र संकटाले १-१ को बराबरी खेलेका छन् ।

दशरथ रंगशालामा हिमालयन शेर्पाले सुरुवाती अग्रता लिएपनि त्यसलाई जोगाउन सकेन । खेलको दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । यस बराबरीले शेर्पा २२ अंकसाथ नवौं स्थानमा पुग्दा संकटा २१ अंकसाथ ११ औं स्थानमा छ ।
३९ औं मिनेटमा खामिर ग्लिसन कन्दंग्वाले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार पोस्ट नजिकबाट बाहिरियो । लगत्तै अर्कोतर्फ युसुफ अत्रिसले गोल गरेपनि त्यसले मान्यता पाएन । अत्रिसले प्रहार गर्दा आयुष घलानले ६ यार्ड बक्सभित्र अफसाइड पोजिसनमा रहेर गोलरक्षक किशोर गिरीलाई छेक्दा सहायक रेफ्रीले अफसाइडको निर्णय दिए ।
५० औं मिनेटमा शेर्पाले अग्रता लियो । विश्वास श्रेष्ठको क्रसमा अबायोमी फाकुन्लेको हेडरलाई फार पोस्टमा म्यानुएल नानाले गोलको दिशा दिए ।
७२ औं मिनेटमा संकटाले पेनाल्टीको अवसर पायो । ६ यार्ड बक्स नजिक सुशील राईले आयुष घलानलाई लडाएपछि रेफ्री विश्वास कार्कीले पेनाल्टी दिए । उक्त पेनाल्टीमा आयुषले गोल गर्दै संकटालाई बराबरीमा ल्याए ।
७७ औं मिनेटमा विश्वास श्रेष्ठको प्रहार क्रसबारमा लागेर बाहिरिँदा शेर्पाले अग्रता लिन सकेन ।
यस्तै एन्फा कम्पलेक्समा सम्पन्न अर्को खेलमा मच्छिन्द्र फुटबल क्लबले खुमलटारलाई ३-० ले हरायो ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]