default_image

3 years ago

May 17, 2023

फाइनल पुग्न म्यानचेस्टर सिटी र रियल म्याड्रिड भिड्दै

287 views

0 Bookmark

एजेन्सी – यो सिजनको युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलको दोस्रो लेगमा आज (बुधबार राति इंग्लिस क्लब म्यानचेस्टर सिटी र स्पेनिस क्लब रियल म्याड्रिड आमने–सामने हुँदैछन् ।

यो खेल सिटीको मैदान इतिहाद स्टेडियममा नेपाली समयअनुसार राति १२ः४५ बजेपछि हुनेछ । रियलको मैदानमा भएको पहिलो लेगको खेल १–१ गोलको बराबरीमा सकिदा दुवै टोलीको फाइनल पुग्ने सम्भावना रहँदा दुवै टोली फाइनल पुग्ने लक्ष्यमा हुनेछ ।

सिटी घरेलु मैदानमा हुने खेलमा रियललाई पराजित गर्दै फाइनल पुग्ने लक्ष्यमा मैदान उत्रनेछ । टोलीसँग लयमा रहेका युवा फरवार्ड एर्लिङ ब्राउट हालान्डसँगै भेट्रान मिडफिल्डर केभिन डि ब्रुएना, इल्केए गुन्डोगानको साथ छ । यि खेलाडी जुनसुकै बेला पनि नतिजा बदल्न सक्ने क्षमता राख्दछ ।

यसबाहेक टोलीसँग गोलरक्षक एडर्सन मोराएस, ज्याक ग्रेलिस, बर्नाडो सिल्भा, रोड्री, फिल फोडेन, रियाद महारेज, जोन स्टोन्स, रुवेन डियास, केल वाल्कर, म्यानुयल एकान्जी र जुलियन अल्भारेज छन् । प्रतिबन्ध र चोटका कारण नाथ एके टोलीमा हुनेछैनन् ।

यता, च्याम्पियन्स लिगको कीर्तिमानी क्लब रियल पनि घरेलु टोली सिटीलाई पराजित गर्दै लगातार दोस्रो सिजन फाइनल पुग्ने लक्ष्यमा हुनेछ । टोलीसँग कप्तान करिम बेन्जेमासँगै विंगर भिनिसियस जुनियर र रोड्रिगो छन् ।

लुका मोड्रिच, टोनी क्रुस, फेडे भाल्भेर्डे, इडुआर्डाे कामाभिंगा, ओरेलिएन चुआमेनी, एडर मिलिटाओ, एन्टेनियो रुडिगर, डेभिड अलाबा, ड्यानी कार्भाजल, मार्काे एसेन्सियो, लुकास भास्क्वेज र नाचो फर्नान्डेस रहेका छन् ।

फ्रेब्रुअरीमा टोटेनहमसँग १–० ले पराजित भएयता सिटी २२ खेलसम्म अपराजित छ । जसमा १८ जित र ४ बराबरीको नतिजा छ । सिटी सोही अपराजित लयलाई निरन्तरता दिदै फाइनल पुग्ने सोचमा हुनेछ ।

रियलको प्रदर्शन भने औसतकै छ । रियल सोसिडाडसँग २–० ले पराजित भएयता रियल पछिल्लो तीन खेलमा अपराजित छ । जसमा दुई जित र एक बराबरीको नतिजा छ । यि दुई टोलीको ११ खेलमा दुवै टोलीले समान चार खेल जित्दा ३ खेल बराबरीमा सकिएको छ ।

यस खेलमा विजयी हुने टोलीले १० जुनमा हुने फाइनलमा इटालियन क्लब इन्टर मिलानको सामना गर्नेछ । इन्टरले मंगलबार राति शहरी प्रतिद्धन्द्धी एसी मिलानलाई १–० ले तथा समग्रमा ३–० ले पराजित गरी १३ वर्षपछि फाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.