3 years ago
May 20, 2023
एजेन्सी – इंग्लिस क्लब चेल्सीका फरवार्ड पिएरे एमरिक औवामेयाङले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको एक वर्षमै आफ्नो सन्यास फिर्ता लिएका छन् ।

औवामेयाङले गत वर्षको मेमा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका थिए । तर उनले आफ्नो निर्णय फिर्ता लिदै गाबोनको टोलीमा फर्कने भएका छन् ।
३३ वर्षीय औवामेयाङ गावोनका सर्वाधिक गोलकर्ता हुन् । उनले ६८ क्याप जित्दा २८ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।औवामयाङले आफ्नो देशका राष्ट्रपति अली बोङ्गो ओन्डिम्बासँगको भेटबाट नै राष्ट्रिय टोलीमा फर्कन लागेको बताएका छन् ।
गावोन अफ्रिका कप अफ नेसन्समा आफ्नो समूह ‘आई’ मा शीर्षस्थानमा रहेको छ । गावोन पूर्व ला रोशेल डिफेन्डर प्याट्रिस नेभ्युको नेतृत्वमा छ । उनीहरूले आगामी जनवरीमा आइभरी कोस्टमा हुने प्रतियोगितामा आफ्नो स्थान सुरक्षित गर्न सक्छन् । जुनमा उनीहरूले डेमोक्रेटिक रिपब्लिक अफ कंगोसँग सेप्टेम्वरमा मौरिटानियासँग खेल्न बाँकी छन् ।
फ्रान्समा जन्मिएका औवामियाङले सन् २००९ मा गावोनका लागि डेब्यु गरेका थिए । पछिल्लो सिजन भने उनको लागि सम्झन योग्य छैनन् । गत समरमा कम मुल्यमा बार्सिलोनामा जानअघि उनी २०२१ को डिसेम्वरमा आर्सनलको कप्तानीबाट हटाएको थियो ।
चेल्सी जानुअघि ८ मिनेटमात्रै बार्सिलोनाका लागि खेलेका उनी ला लिगा च्याम्पियन टोलीको हकदार बनेका छन् ।
औवामेयाङ सन् २०१८ मा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट आर्सनलमा अनुबन्धित भएका थिए ।
उनले गनर्सका लागि १४२ खेलमा ९२ गोल गरेका छन् । यद्यपि, उनले यो सिजन चेल्सीका लागि प्रिमियर लिगमा एक पटक मात्र गोल गरेका छन् ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]