3 years ago
May 18, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत विहीबार तीन खेल हुँदैछ । लिगको १९ औं चरण सुरु हुँदा शीर्षस्थानमा अंकको अन्तर फराक हुँदै गर्दा रेलिगेसन क्षेत्रमा भने कडा प्रतिस्पर्धा चलिरहेको छ ।

दिउँसो ३ बजे च्यासल रंगशालामा संकटा क्लब र मनाङ मर्स्याङ्दी क्लब खेल्दैछन् । विष्णु गुरुङ प्रशिक्षकको भूमिकामा आएयता मनाङले सबै ४ खेलमा बराबरी गरेको छ । तर टोलीको प्रदर्शनमा भने क्रमश: सुधार देखिएको छ । यता संकटाले पछिल्लो ५ मध्य १ खेल मात्र जित्दा रेलिगेसनकै खतरा पनि रहेको छ ।
आजको खेल जितेको खण्डमा मनाङ अंक तालिकाको सातौं स्थानमा उक्लनेछ । यता रेलिगेसन क्षेत्रबाट मात्र १ अंक टाढा रहेको संकटा यस खेलमा पराजित भए अन्य खेलको नतिजाले तल झार्न पनि सक्छ । जितले भने संकटा सातौं स्थानमा पुग्नेछ ।

सोहि समयमा दशरथ रंगशालामा फ्रेन्ड्स क्लब र मच्छिन्द्र क्लब खेल्नेछन् । पछिल्लो ५ मध्य ४ खेलमा विजयी मच्छिद्र उपाधि दावेदारी बलियो पार्न जित हासिल गर्न चाहन्छ । जितले टोलीलाई दोस्रो स्थानमा पुर्याउनेछ । तर रेलिगेसन क्षेत्रमा रहेको फ्रेन्ड्स पनि जितसहित सुरक्षित स्थानमा उक्लन चाहन्छ । फ्रेन्ड्सले पछिल्लो ५ मा मात्र १ खेल जितेको छ ।
साँझ ६ बजे न्यु रोड टिम (एनआरटि) र जावलाखेल युवा क्लबबीच खेल हुनेछ । जावलाखेल जितसहित शीर्षस्थानमा उक्लने प्रयासमा हुनेछ । यता एनआरटि रेलिगेसन क्षेत्रबाट दुरी बढाउने लक्ष्यसाथ उत्रनेछ ।
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]