4 months ago
May 18, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत विहीबार तीन खेल हुँदैछ । लिगको १९ औं चरण सुरु हुँदा शीर्षस्थानमा अंकको अन्तर फराक हुँदै गर्दा रेलिगेसन क्षेत्रमा भने कडा प्रतिस्पर्धा चलिरहेको छ । दिउँसो ३ बजे च्यासल रंगशालामा संकटा क्लब र मनाङ मर्स्याङ्दी क्लब खेल्दैछन् । विष्णु गुरुङ प्रशिक्षकको भूमिकामा आएयता मनाङले सबै […]
काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत विहीबार तीन खेल हुँदैछ । लिगको १९ औं चरण सुरु हुँदा शीर्षस्थानमा अंकको अन्तर फराक हुँदै गर्दा रेलिगेसन क्षेत्रमा भने कडा प्रतिस्पर्धा चलिरहेको छ ।
दिउँसो ३ बजे च्यासल रंगशालामा संकटा क्लब र मनाङ मर्स्याङ्दी क्लब खेल्दैछन् । विष्णु गुरुङ प्रशिक्षकको भूमिकामा आएयता मनाङले सबै ४ खेलमा बराबरी गरेको छ । तर टोलीको प्रदर्शनमा भने क्रमश: सुधार देखिएको छ । यता संकटाले पछिल्लो ५ मध्य १ खेल मात्र जित्दा रेलिगेसनकै खतरा पनि रहेको छ ।
आजको खेल जितेको खण्डमा मनाङ अंक तालिकाको सातौं स्थानमा उक्लनेछ । यता रेलिगेसन क्षेत्रबाट मात्र १ अंक टाढा रहेको संकटा यस खेलमा पराजित भए अन्य खेलको नतिजाले तल झार्न पनि सक्छ । जितले भने संकटा सातौं स्थानमा पुग्नेछ ।
सोहि समयमा दशरथ रंगशालामा फ्रेन्ड्स क्लब र मच्छिन्द्र क्लब खेल्नेछन् । पछिल्लो ५ मध्य ४ खेलमा विजयी मच्छिद्र उपाधि दावेदारी बलियो पार्न जित हासिल गर्न चाहन्छ । जितले टोलीलाई दोस्रो स्थानमा पुर्याउनेछ । तर रेलिगेसन क्षेत्रमा रहेको फ्रेन्ड्स पनि जितसहित सुरक्षित स्थानमा उक्लन चाहन्छ । फ्रेन्ड्सले पछिल्लो ५ मा मात्र १ खेल जितेको छ ।
साँझ ६ बजे न्यु रोड टिम (एनआरटि) र जावलाखेल युवा क्लबबीच खेल हुनेछ । जावलाखेल जितसहित शीर्षस्थानमा उक्लने प्रयासमा हुनेछ । यता एनआरटि रेलिगेसन क्षेत्रबाट दुरी बढाउने लक्ष्यसाथ उत्रनेछ ।
September 24, 2023
एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबारको खेलमा न्युक्यासल युनाइटेडले सेफिल्ड युनाइटेड माथि ८-० को फराकिलो जित हासिल गरेको छ। खेलमा ८ गोल ८ फरक खेलाडीले गरेका थिए। खेलमा सेन लङस्टाफ, ड्यान बर्न, स्वेन बोटम्यान, क्यालम विल्सन, उत्कृष्ट एन्थोनी गोर्डन, मिगुएल अल्मिरोन, ब्रुनो गुइमारेस र अलेक्ज्याण्डर इसाकले खेलमा गोल गरेका थिए। मंगलबार च्याम्पियन्स लिगको परिश्रम […]
September 24, 2023
एजेन्सी – इंग्लिस फरवार्ड ह्यारी केनको ह्याट्रिकको मद्दतमा बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा शनिबार शानदार विजय प्राप्त गरेको छ । बायर्नले बोचुमलाई ७–० ले पराजित गरेको थियो । बायर्न पुगेपछि उच्च प्रदर्शन गर्दै आएका केनले ह्याट्रिकसहित दुई असिस्ट पनि गरे । १३ औं मिनेटमा पहिलो गोल गरेका केनले ५४ औं मिनेटमा पेनाल्टीमा दोस्रो गोल गरे । […]
September 24, 2023
एजेन्सी – म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा लगातार छैटौं जित निकालेको छ । साविक विजेता समेत रहेको शनिबार सिटीले नटिङ्घम फरेस्टलाई २–० ले हराएको हो । १० खेलाडीले सिमित रहँदा पनि सिटीलाई रोक्न नटिङ्घम असफल रह्यो । घरेलु मैदान इतिहाद रंगशाल टोलीलाई जित दिलाउन फिल फोडेन र एर्लिङ हाल्यान्डले गोल गरे । सातौं मिनेटमा फोडेनको […]