3 years ago
May 18, 2023
काठमाडौं (हाम्रो खेलकुद) – जावलाखेल युवा क्लबले सहिद स्मारक ए डिभिजन लिग २०७९ मा विहीबार शीर्षस्थानमा उक्लने अवसर गुमाएको छ ।

दशरथ रंगशालामा सम्पन्न खेलमा जावलाखेल न्यु रोड टिम (एनआरटी) सँग १-१ को बराबरीमा रोकिएको हो । पहिलो हाफमा सुनिल खड्काको गोलमा अग्रता लिएपनि जावलाखेलले त्यसलाई जोगाउन सकेन । दोस्रो हाफमा एनआरटीका लाल्नुन्जामाले गोल गरेका थिए ।
यस बराबरीसँगै एनआरटी १९ खेलमा २३ अंकका साथ सातौं स्थानमा उक्लिएको छ । जावलाखेल भने १९ खेलमा ३२ अंकका साथ दोस्रो स्थानमा यथावत छ ।
३७ औं मिनेटमा सुनिल खड्काले जावलाखेललाई अग्रता दिलाए । एनकोटो मासोआबीको प्रहार डिफेन्डरले छेकेपछि आएको रिबाउन्डलाई सुनिलले पहिलो टचमा नै गोल गरे ।
५० औं मिनेटमा एनआरटीका भारतीय फरवार्ड लाल्नुन्जामाले खेल बराबरीमा ल्याए । कृतिश रत्न छुन्जुको क्रस दीपेश आले मगरलाई लाग्दै फर्केपछि लाल्नुन्जामाले गोल गरेका थिए ।
त्यसअघि दशरथ रंगशालामै फ्रेन्ड्स र मच्छिन्द्रको खेल २-२ को बराबरीमा सकिएको थियो । च्यासल मैदानमा पनि मनाङ मर्स्याङ्दी र संकटाले २-२ को बराबरी खेले ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]