default_image

3 years ago

May 19, 2023

रोमा फाइनलमा, युभेन्ट्स बाहिरियो

371 views

0 Bookmark

एजेन्सी – इटालियन क्लब रोमा युइएफए युरोपा लिगको फाइनलमा प्रवेश गर्दा अर्काे इटालियन क्लब युभेन्ट्स बाहिरिएको छ ।

सेमिफाइनलको दोस्रो लेगमा जर्मन क्लब बायर लिभरकुसनसँग गोलरहित बराबरी खेलेपछि समग्रमा १–० को जित निकाल्दै रोमा फाइनलमा पुग्न सफल भएको हो ।

बेएरिना लिभरकुसनमा बिहीबार राति भएको खेलमा घरेलु टोलीबाट खेलको पुरै समय दवावमा परेको रोमाले त्यो दवावलाई झेल्दै पहिलो लेगमा लिएको अग्रतालाई जोगाएर फाइनल पुग्न सफल भयो । रोमाले पहिलो लेगमा १–० को जित निकालेको थियो ।

अर्काे सेमिफाइनलमा पहिलो लेगको अग्रता जोगाउन नसक्दा युभेन्ट्स बाहिरिएको छ । सेमिफाइनलको दोस्रो लेगमा युभेन्ट्स अतिरिक्त समयमा स्पेनिस क्लब सेभियासँग २–१ ले तथा समग्रमा ३–२ ले पराजित हुँदै बाहिरिएको हो ।

रोमन सान्चेज पिजुवानमा बिहीबार राति भएको दोस्रो सेमिफाइनलमा सेभियाको जितमा सुसो र एरिक लमेलाले गोल गरे । युभेन्ट्सका डुसान भ्लाहोभिचले गरेको गोल सान्त्वना बन्यो ।

खेलको ६५औं मिनेटमा डुसान भ्लाहोभिचले गोल गर्दै युभेन्ट्सलाई १–० को अग्रता दिलाए । ७१औं मिनेटमा सुसोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो ।

९५औं मिनेटमा एरिक लमेलाले गोल गर्दै सेभियालाई फाइनलमा पु¥याए । ११५औं मिनेटमा सेभिया १० खेलाडीमा समेटिन पुग्यो । मार्कास एकुना दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिएपनि युभेन्ट्सले त्यसको फाइदा उठाउन सकेन ।

अब रोमा र सेभियाबीच ३१ मेमा फाइनल हुनेछ । फाइनल पुस्कास एरिना हंगेरीमा हुनेछ । सेभिया फाइनल पुगेको सबै ६ खेलमा विजयी हुँदै च्याम्पियन बनेको छ । यता, रोमाका प्रशिक्षक जोसे मौरिन्होले पाँच पटक युरोपियन फाइनल खेल्दै आफ्नो टोलीलाई च्याम्पियन बनाएको छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.