3 years ago
May 19, 2023
काठमाडौं (हाम्रो खेलकुद) – शीर्षस्थानमा रहेको चर्च ब्वाइज युनाइटेडले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा स्पष्ट ४ अंकको अग्रता लिन सफल भएको छ ।

शुक्रबार दशरथ रंगशालामा विभागीय नेपाल पुलिस क्लबलाई १–० ले पराजित गर्दै चर्च ब्वाइजले शीर्षस्थानमा स्पष्ट ४ अंकको अग्रता लिन सफल भएको हो ।
चर्च ब्वाइजको जितमा पहिलो हाफमा मिलन राईले गरेको गोल नै निर्णायक बन्यो । उनले पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा गोल गर्न सफल भएका थिए ।
कमल श्रेष्ठको कर्नरमा मिलनले हेडरमार्फत सुन्दर गोल गर्न सफल भएका थिए । अन्तत त्यही गोल नै चर्च ब्वाइजलाई ३ अंक बटुल्न पर्याप्त बन्यो । पुलिसले पनि केही अवसर सिर्जना गरेपनि सदुपयोग गर्न नसक्दा पराजित हुन पुग्यो ।
यस जितसँगै चर्च ब्वाइजले शीर्षस्थानमा स्पष्ट ४ अंकको अग्रता लिन सफल भएको छ । शीर्षस्थानको चर्च ब्वाइजको १९ खेलबाट ३६ अंक पुगेको छ ।

समान खेलबाटै दोस्रो स्थानमा रहेको जावलाखेल युथ क्लबको ३२ अंक छ । पराजित पुलिस १९ खेलबाट २२ अंक जोडेर ११औं स्थानमा छ ।
अर्काे खेलमा हिमालयन शेर्पा क्लबले नेपाल एपिएफ फुटबल क्लबलाई ३–२ ले पराजित गरेको छ । जितसँगै शेर्पा १९ खेलबाट २५ अंक जोडेर सातौं स्थानमा उक्लिएको छ । पराजित एपिएफ २२ अंक जोडेर १२औं स्थानमा छ ।
शुक्रबार नै भएको अर्काे खेलमा एफसी खुमलटार र विभागीय त्रिभुवन आर्मी क्लबले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । आर्मीका जगजित श्रेष्ठ र नवयुग श्रेष्ठले गोल गर्दा खुमलटारका मेसुके ओलोमोउ र स्टेफन समिर विनोङले गोल गरे ।
आर्मीले खेलमा दुई पटक अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा बराबरीमा रोकिन पुग्यो । १३औं मिनेटमा जगजित श्रेष्ठले फ्रिकिकमा गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाए । उनको झन्डै ३० यार्डको फ्रिकिकलाई गोलरक्षक आशिष मुक्तानले नियन्त्रणमा लिने प्रयास गरेपनि उनको हातबाट बल फुस्कदै गोललाइन क्रस गर्न पुगेको थियो ।
३५औं मिनेटमा मेसुके ओलोमोउले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । राजीव लोप्चनको क्रसलाई गोलरक्षक विकेश कुथुले गरेको पञ्च राम्रो नहुँदा अनमार्क रहेका मेसुकेले सहजै गोल गर्न सफल भए ।
५१औं मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै आर्मीलाई पुनः २–१ को अग्रता दिलाए । दिनेश हेन्जनको चलाखीपूर्ण पासलाई उनले हाफ भलीमा दोस्रो बार च्याप्दै गोल गर्न सफल भए ।
७५औं मिनेटमा स्टेफन समिर विनोङले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । उनले पेनाल्टी बक्सभित्रबाट गरेको सशक्त प्रहारले जाली चुम्दा विकेशले बचाउने प्रयास गरेपनि भेट्न सकेनन् ।
यस बराबरीसँगै आर्मीको १९ खेलबाट २६ अंक जोडेर पाँचौं स्थानमा यथावत छ । खुमलटार १९ खेलबाट १८ अंक जोडेर पुछारमा छ ।
अर्काे खेलमा हिमालयन शेर्पा क्लबले नेपाल एपिएफ फुटबल क्लबलाई ३–२ ले पराजित गरेको छ । यस जितसँगै शेर्पा १९ खेलबाट २५ अंक जोडेर सातौं स्थानमा उक्लिएको छ । पराजित एपिएफ १९ खेलबाट २२ अंक जोडेर १२औं स्थानमा छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]