3 years ago
May 21, 2023
काठमाडौं (हाम्रो खेलकुद) – मनाङ–मर्स्याङ्दी क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा लगातार छैटौं बराबरी खेलेको छ ।

लिग अन्तरगत आइतबार १० खेलाडीमा समेटिएको विभागीय नेपाल एपिएफ फुटबल क्लबविरुद्ध खेलमा दुईपटक अग्रता लिएर पनि त्यसलाई जोगाउन नसक्दा मनाङ २–२ गोलको बराबरीमा रोकिएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा मनाङका लागि टिमोथी कोउडु र सुमित श्रेष्ठले गोल गर्दा एपिएफका कप्तान नविन लामा र अर्मान्ड विडोमले बराबरी गोल फर्काए ।
खेलको ११औं मिनेटमा नै एपिएफ १० खेलाडीमा समेटिन पुगेको थियो । सुमित श्रेष्ठमाथि पेनाल्टी बक्सभित्र फउल गरेपछि रेफ्री प्रज्वल क्षेत्रीले एपिएफका डिफेन्डर विश्वास उदासलाई सिधैैं रातो कार्ड देखाउँदै मैदान बाहिर पठाए ।
त्यसमै कोफी कोउडुले पेनाल्टीमा गोल गर्दै मनाङलाई १–० को अग्रता दिलाए । तर, मनाङको त्यो अग्रता लामो समय टिकेन । १० खेलाडीमा समेटिएपनि एपिएफले २०औं मिनेटमा बराबरी गोल फर्कायो । कप्तान नविन लामाले गोल गरे ।

२६औं मिनेटमा सुमित श्रेष्ठले गोल गर्दै मनाङलाई पुनः खेलमा २–१ को अग्रता दिलाए । त्यसपछि ६४औं मिनेटमा अर्मान्डले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा सकियो ।
चर्च ब्वाइज युनाइटेडसँग ३–० ले पराजित भएयता अपराजिन रहेको मनाङको यो सातौं खेलमा लगातार छैटौं बराबरी हो । चर्च ब्वाइजसँग हारेपछि मनाङले आर्मीलाई १–० ले पराजित गरेको थियो ।
त्यसपछि सातदोबाटोसँग गोलरहित बराबरी खेलेको मनाङले हिमालयन शेर्पा क्लबसँग १–१ गोलको र नेपाल पुलिस क्लब, जावलाखेल युथ क्लब र संकटा क्लबसँग समान २–२ गोलको बराबरी खेलेको छ ।
यता, मनाङसँगको बराबरीसँगै एपिएफ पछिल्लो चार खेलमा जितविहीन बन्यो । आर्मीलाई ३–० ले पराजित गरेपछि एपिएफले जित निकाल्न सकेको छैन ।
यस बराबरीसँगै मनाङ २० खेलबाट २४ अंक जोडेर आठौं स्थानमा छ । एपिएफ २३ अंक जोडेर १०औं स्थानमा छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]