3 years ago
May 21, 2023
काठमाडौं (हाम्रो खेलकुद) – उपाधि होडमा रहेको जावलाखेल युथ क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगमा हारबाट जोगिएको छ ।

दुई गोलले पछि परेको स्थिति उल्ट्याएर जावलाखेलले संकटा क्लबसँग २–२ गोलको बराबरी खेल्दै अंक खोस्न सफल भएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा संकटाका आयुष घलान र चन्दन दासले गोल गर्दा जावलाखेलका एनकोटो मासोएबी र समिराज थोकरले बराबरी गोल फर्काए ।
४३औं मिनेटमा आयुष घलानले गोल गर्दै संकटालाई १–० को अग्रता दिलाए । नेल्सनको प्रहार पोलमा लागेर फर्कदा अनमार्क रहेका आयुषले गोल गर्न सफल भए । ७३औं मिनेटमा परिवर्तित खेलाडी चन्दन कुमार दासले गोल गर्दै संकटाको अग्रता दोब्बर पारे ।
डिफेन्स एरियामा छिरिङ लामाबाट बल खोस्दै ६७औं मिनेटमा गणेश हमालको स्थानमा मैदान छिरेका चन्दनले एकल प्रयासमा सुन्दर फिनिस गर्न सफल भए ।
तर, दुई गोलले पछि परेको जावलाखेलले सानदार प्रदर्शन गर्दै खेललाई बराबरीमा ल्याउन सफल भयो । ७७औं मिनेटमा एनकोटो मासोएबीले गोल गर्दै जावलाखेललाई खेलमा फर्काउने संकेत दिए ।
हिसुव थपलियाको क्रसमा अनमार्क रहेका उनले हेडरमार्फत गोल गर्न सफल भए । ८६औं मिनेटमा परिवर्तित खेलाडी समिराज थोकरले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए ।
५६औं मिनेटमा सुनिल खड्काको स्थानमा मैदान छिरेका उनले संकटाका डिफेन्डरले क्लियर गर्न नसकेको बललाई जाली चुमाउन सफल भए ।
यस बराबरीसँगै जावलाखेलले दोस्रो स्थान गुमाएको छ । तेस्रो स्थानमा झरेको जावलाखेलको २० खेलबाट ३३ अंक छ । शीर्षस्थानको चर्च ब्वाइज युनाइटेडको ३६ तथा दोस्रो स्थानमा रहेको मछिन्द्रको ३४ अंक छ । संकटा २० खेलबाट २३ अंक जोडेर ११औं स्थानमा छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]