3 years ago
May 22, 2023
एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) फ्रेन्च लिग वानको उपाधितर्फ लम्किएको छ । आइतबार राति अक्सेरेमाथि २–१ को संघर्षपूर्ण जित निकाल्दै पिएसजी उपाधि नजिक पुगेको हो ।

अब पिएसजीले लिग वानको उपाधि जित्न बाँकी रहेको दुई खेलबाट १ अंक जोडेमा पनि कीर्तिमानी ११औं पटक च्याम्पियन बन्नेछ ।
अक्सेरेमा आइतबार राति भएको खेलमा पिएसजीको जितमा फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेले दुई गोल गरे । घरेलु टोली अक्सेरेका लासिन सिनायाकोले एक गोल फर्काए ।
डिफेन्डिङ च्याम्पियन पिएसजी दोस्रो स्थानमा रहेको लेन्सभन्दा ६ अंकले अघि छ । उपाधि सुनिश्चित गर्न अन्तिम दुई खेलबाट एक अंक मात्र चाहिन्छ ।
खेलको छैटौं मिनेटमा एमबाप्पेले गोल गर्दै पिएसजीलाई १–० को अग्रता दिलाए । त्यसको दुई मिनेटपछि नै एमबाप्पेले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे ।
५१औं मिनेटमा सिनायोकोले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा पिएसजी विजयी हुन सफल भयो । २४ वर्षीय एमबाप्पेले यो सिजन ४१ खेलमा ४० गोल र ९ असिस्ट दिएका छन् । जसमा ३२ लिग वानमा ३३ गोल रहेको छ ।
पछिल्लो १० लिग वानमध्ये ८ जितेको पीएसजीले गत सिजन मार्सेली र सेन्ट इटिनेको १० फ्रेन्च उपाधिको सर्वकालीन कीर्तिमान बराबरी गर्नेछ । पिएसजीले अब स्ट्रासवर्ग र क्लेरमन्ट फुटसँग खेल्न बाँकी छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]