4 months ago
May 22, 2023
एजेन्सी – यो सिजनको लिग च्याम्पियन बनिसकेको म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब चेल्सीलाई पराजित गरेको छ । सिटीले घरेलु मैदानमा चेल्सीलाई १–० ले पराजित गरेको हो । सिटीको जितमा पहिलो हाफमा जुलियन अल्भारेजले गरेको गोल नै निर्णायक बन्यो । इतिहाद स्टेडियम म्यानचेस्टरमा आइतबार राति भएको खेलमा अल्भारेजले खेलको १२औं मिनेटमा कोल पाल्मरको पासमा […]
एजेन्सी – यो सिजनको लिग च्याम्पियन बनिसकेको म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब चेल्सीलाई पराजित गरेको छ ।
सिटीले घरेलु मैदानमा चेल्सीलाई १–० ले पराजित गरेको हो । सिटीको जितमा पहिलो हाफमा जुलियन अल्भारेजले गरेको गोल नै निर्णायक बन्यो ।
इतिहाद स्टेडियम म्यानचेस्टरमा आइतबार राति भएको खेलमा अल्भारेजले खेलको १२औं मिनेटमा कोल पाल्मरको पासमा गोल गर्न सफल भएका थिए । उनै अल्भारेजले ७१औं मिनेटमा गोल गरेपनि भिएआरबाट मान्यता पाएन ।
च्याम्पियन बनेपश्चात सिटीलाई चेल्सीसँगको खेलपछि ट्रफी प्रदान गरिएको छ । पेप ग्वार्डिओलाको टोलीले पछिल्ला ६ मध्ये पाँचमा उपाधि जितेको छ ।
सिटीलाई ट्रेबल उपाधि जित्ने मौका पनि छ । सिटी एफए कप र च्याम्पियन्स लिगको फाइनलमा पुगिसकेको छ । सन् १९९८–९९ मा मात्र म्यानचेस्टर युनाइटेडले यो उपलब्धि हासिल गरेको थियो ।
सिटीले जुन ३ मा वेम्वलीमा डर्वी प्रतिद्धन्द्धी म्यानचेस्टर युनाइटेडसँग एफए कपको उपाधिका लागि खेल्दैछ । त्यसको एक सातापछि सिटीले इस्तानबुलमा इन्टर मिलानको सामना गर्नेछ ।
हडर्सफिल्ड टाउन (१९२४–२६), आर्सनल (१९३३–३५), लिभरपुल (१९८२–८४) र सर एलेक्स फर्गुसनको नेतृत्वमा दुईपटक १९९९–२००१ र २००७–२००९ पछि सिटी लगातार तेस्रोपटक उपाधि जित्ने पाँचौ टोली बनेको छ ।
पेप गुआर्डिओलाले सन् २००९–११ मा बार्सिलोनासँग ला लिगा र सन् २०१४–१६ मा बायर्न म्युनिखसँग बुन्डेसलिगामा लगातार तीनवटा लिग उपाधि जित्न सफल भएको थियो । उनको यो तेस्रो ह्याट्रिक उपाधि हो । पछिल्लो सिजन सिटीले प्रिमियर लिगमा प्रभुत्व जमाएको छ । सिटीले ६ मध्ये ५ उपाधि जितेको छ ।
म्यानचेस्टर युनाइटेडले १९९६ र २००१ को बीचमा यो उपलब्धि हासिल गरेको थियो । यो अवधिमा युनाइटेडले प्रिमियर लिग, एफए कप र च्याम्पियन्स लिगको ट्रेबल उपाधि जितेका थिए ।
युनाइटेडले सन् १९९३–२००१ को बीच ९ सिजनमा सात उपाधि पनि तथा सन् २००७–२०१३ को सात सिजनमा पाँचवटा उपाधि जितेको थियो । त्यसअघि, लिभरपुलले १९७० को दशकको उत्तरार्ध र ८० को दशकको प्रारम्भमा लिग सफलताको आनन्द उठाएको थियो ।
यस जितसँगै च्याम्पियन बनिसकेको सिटीको ३६ खेलबाट ८८ अंक पुगेको छ । पराजित चेल्सी ३६ खेलबाटै ४३ अंक जोडेर १२औं स्थानमा छ ।
September 24, 2023
एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबारको खेलमा न्युक्यासल युनाइटेडले सेफिल्ड युनाइटेड माथि ८-० को फराकिलो जित हासिल गरेको छ। खेलमा ८ गोल ८ फरक खेलाडीले गरेका थिए। खेलमा सेन लङस्टाफ, ड्यान बर्न, स्वेन बोटम्यान, क्यालम विल्सन, उत्कृष्ट एन्थोनी गोर्डन, मिगुएल अल्मिरोन, ब्रुनो गुइमारेस र अलेक्ज्याण्डर इसाकले खेलमा गोल गरेका थिए। मंगलबार च्याम्पियन्स लिगको परिश्रम […]
September 24, 2023
एजेन्सी – इंग्लिस फरवार्ड ह्यारी केनको ह्याट्रिकको मद्दतमा बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा शनिबार शानदार विजय प्राप्त गरेको छ । बायर्नले बोचुमलाई ७–० ले पराजित गरेको थियो । बायर्न पुगेपछि उच्च प्रदर्शन गर्दै आएका केनले ह्याट्रिकसहित दुई असिस्ट पनि गरे । १३ औं मिनेटमा पहिलो गोल गरेका केनले ५४ औं मिनेटमा पेनाल्टीमा दोस्रो गोल गरे । […]
September 24, 2023
एजेन्सी – म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा लगातार छैटौं जित निकालेको छ । साविक विजेता समेत रहेको शनिबार सिटीले नटिङ्घम फरेस्टलाई २–० ले हराएको हो । १० खेलाडीले सिमित रहँदा पनि सिटीलाई रोक्न नटिङ्घम असफल रह्यो । घरेलु मैदान इतिहाद रंगशाल टोलीलाई जित दिलाउन फिल फोडेन र एर्लिङ हाल्यान्डले गोल गरे । सातौं मिनेटमा फोडेनको […]