default_image

3 years ago

May 22, 2023

च्याम्पियन सिटीले चेल्सीलाई हरायो

180 views

0 Bookmark

एजेन्सी – यो सिजनको लिग च्याम्पियन बनिसकेको म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब चेल्सीलाई पराजित गरेको छ ।

सिटीले घरेलु मैदानमा चेल्सीलाई १–० ले पराजित गरेको हो । सिटीको जितमा पहिलो हाफमा जुलियन अल्भारेजले गरेको गोल नै निर्णायक बन्यो ।

इतिहाद स्टेडियम म्यानचेस्टरमा आइतबार राति भएको खेलमा अल्भारेजले खेलको १२औं मिनेटमा कोल पाल्मरको पासमा गोल गर्न सफल भएका थिए । उनै अल्भारेजले ७१औं मिनेटमा गोल गरेपनि भिएआरबाट मान्यता पाएन ।

च्याम्पियन बनेपश्चात सिटीलाई चेल्सीसँगको खेलपछि ट्रफी प्रदान गरिएको छ । पेप ग्वार्डिओलाको टोलीले पछिल्ला ६ मध्ये पाँचमा उपाधि जितेको छ ।

सिटीलाई ट्रेबल उपाधि जित्ने मौका पनि छ । सिटी एफए कप र च्याम्पियन्स लिगको फाइनलमा पुगिसकेको छ । सन् १९९८–९९ मा मात्र म्यानचेस्टर युनाइटेडले यो उपलब्धि हासिल गरेको थियो ।

सिटीले जुन ३ मा वेम्वलीमा डर्वी प्रतिद्धन्द्धी म्यानचेस्टर युनाइटेडसँग एफए कपको उपाधिका लागि खेल्दैछ । त्यसको एक सातापछि सिटीले इस्तानबुलमा इन्टर मिलानको सामना गर्नेछ ।

हडर्सफिल्ड टाउन (१९२४–२६), आर्सनल (१९३३–३५), लिभरपुल (१९८२–८४) र सर एलेक्स फर्गुसनको नेतृत्वमा दुईपटक १९९९–२००१ र २००७–२००९ पछि सिटी लगातार तेस्रोपटक उपाधि जित्ने पाँचौ टोली बनेको छ ।

पेप गुआर्डिओलाले सन् २००९–११ मा बार्सिलोनासँग ला लिगा र सन् २०१४–१६ मा बायर्न म्युनिखसँग बुन्डेसलिगामा लगातार तीनवटा लिग उपाधि जित्न सफल भएको थियो । उनको यो तेस्रो ह्याट्रिक उपाधि हो । पछिल्लो सिजन सिटीले प्रिमियर लिगमा प्रभुत्व जमाएको छ । सिटीले ६ मध्ये ५ उपाधि जितेको छ ।

म्यानचेस्टर युनाइटेडले १९९६ र २००१ को बीचमा यो उपलब्धि हासिल गरेको थियो । यो अवधिमा युनाइटेडले प्रिमियर लिग, एफए कप र च्याम्पियन्स लिगको ट्रेबल उपाधि जितेका थिए ।

युनाइटेडले सन् १९९३–२००१ को बीच ९ सिजनमा सात उपाधि पनि तथा सन् २००७–२०१३ को सात सिजनमा पाँचवटा उपाधि जितेको थियो । त्यसअघि, लिभरपुलले १९७० को दशकको उत्तरार्ध र ८० को दशकको प्रारम्भमा लिग सफलताको आनन्द उठाएको थियो ।

यस जितसँगै च्याम्पियन बनिसकेको सिटीको ३६ खेलबाट ८८ अंक पुगेको छ । पराजित चेल्सी ३६ खेलबाटै ४३ अंक जोडेर १२औं स्थानमा छ ।

December 14, 2025

एपिएफ र कराँची सिटी खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

Success

Thank you for your time.