3 years ago
May 22, 2023
काठमाडौं (हाम्रो खेलकुद) – शीर्षस्थानमा रहेको चर्च ब्वाइज युनाइटेड सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बराबरीमा रोकिदा विभागीय त्रिभुवन आर्मी फुटबल क्लबले सानदार जित दर्ता गरेको छ ।

चर्च ब्वाइजले शुरुवाती अग्रता जोगाउन नसक्दा हिमालयन शेर्पा क्लबसँग १–१ गोलको बराबरीमा रोकिन पुगेको हो । च्यासल रंगशालामा सोमबार भएको खेलमा चर्च ब्वाइजका अन्जन विष्टले गोल गर्दा शेर्पाका एवायोकी फकुन्लेले बराबरी गोल फर्काए ।
खेलको १२औं मिनेटमा अन्जन विष्टको गोलबाट चर्च ब्वाइजले अग्रता लिएको थियो । तर, त्यो अग्रतालाई चर्च ब्वाइजले पहिलो हाफमै जोगाउन सकेन । ३५औं मिनेटमा फकुन्लेले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा सकियो । यस बराबरीसँगै शीर्षस्थानमा रहेको चर्च ब्वाइजको २० खेलबाट ३७ अंक पुगेको छ । चर्च ब्वाइज दोस्रो स्थानको मछिन्द्रभन्दा ३ अंकले अघि छ । शेर्पा २६ अंक जोडेर सातौं स्थानमा छ ।

अर्काे खेलमा आर्मीले फ्रेन्ड्समाथि ३–० को सहज जित हात पारेको छ । आर्मीको जितमा जगजित श्रेष्ठ, नवयुग श्रेष्ठ र सुदिल राईले गोल गरे । एन्फा कम्प्लेक्समा सोमबार भएको खेलको २६औं मिनेटमा जगजित श्रेष्ठको गोलबाट आर्मीले सुरुवाती अग्रता लिन सफल भयो ।
७६औं मिनेटमा नवयुग श्रेष्ठले पेनाल्टीमा गोल गर्दै आर्मीको अग्रता दोब्बर पारे । त्यसपछि इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा परिवर्तित खेलाडी सुदिल राईले गोल गर्दै आर्मीको सहज जित पक्क गराए ।
सुदिल ७१औं मिनेटमा जिलेस्पी जंग कार्कीको स्थानमा मैदान छिरेका थिए । यस जितसँगै आर्मी २० खेलबाट २९ अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ । पराजित फ्रेन्ड्स २० खेलबाट २१ अंक जोडेर रेलिगेसन जोनको १३औं स्थानमा छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]