default_image

11 months ago

May 24, 2023

बार्सिलोनाको अर्काे हार

एजेन्सी – यस सिजनको स्पेनिस ला लिगाको च्याम्पियन बनिसकेको क्याटलान क्लब बार्सिलोनाले लगातार दोस्रो हार बेहोरेको छ । लगातार दोस्रो हार बेहोर्ने क्रममा बार्सिलोना घरेलु टोली रियल भालाडोलिडसँग ३–१ ले पराजित भएको हो । बार्सिलोना यसअघि रियल सोसिडाडसँग २–१ ले पराजित भएको थियो । भालाडोलिडमा मंगलबार राति भएको खेलमा बार्सिलोनालाई हार चखाउन रियल भालाडोलिडका साइल […]

198 views

0 Bookmark

एजेन्सी – यस सिजनको स्पेनिस ला लिगाको च्याम्पियन बनिसकेको क्याटलान क्लब बार्सिलोनाले लगातार दोस्रो हार बेहोरेको छ ।

लगातार दोस्रो हार बेहोर्ने क्रममा बार्सिलोना घरेलु टोली रियल भालाडोलिडसँग ३–१ ले पराजित भएको हो । बार्सिलोना यसअघि रियल सोसिडाडसँग २–१ ले पराजित भएको थियो ।

भालाडोलिडमा मंगलबार राति भएको खेलमा बार्सिलोनालाई हार चखाउन रियल भालाडोलिडका साइल लरिन र गोन्जालो प्लाटाले गोल गर्दा एक गोल उपहार पाएको थियो । बार्सिलोनाका रोबर्ट लेवान्डोस्कीले एक गोल फर्काए ।

खेलको दोस्रो मिनेटमा नै आन्द्रेसर क्रिस्टेन्सेनको आत्मघाती गोलबाट बार्सिलोना खेलमा पछि परेको थियो । डार्विन माचिसको क्रसलाई क्लियर गर्ने क्रममा आन्द्रेसले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए ।

२२औं मिनेटमा साइल लरिनले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई पहिलो हाफमा २–० ले अघि बढाए । गोन्जालो प्लाटालाई पेनाल्टी बक्समा एरिक गार्सियाले फउल गरेपछि रेफ्रीले भालाडोलिडलाई पेनाल्टी प्रदान गर्दा साइल चुकेनन् ।

७३औं मिनेटमा गोन्जालो प्लाटाले गोल गर्दै भालाडोलिडलाई ३–० ले अघि बढाए ।उनले साइल लरिनको पासमा गोल गर्न सफल भएका थिए ।

८४औं मिनेटमा लेवान्डोस्कीले फ्रान्की डि जोङको पासमा गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा बार्सिलोना पराजित हुन पुग्यो ।

यस लगातार दोस्रो हारसँगै च्याम्पियन बनिसकेको बार्सिलोनाको ३६ खेलबाट ५ अंक छ । बार्सिलोनालाई हराएको भालाडोलिड ३६ खेलबाट ३ अंक जोडेर १७औं स्थानमा छ ।

April 16, 2024

चेल्सीको‌ जितमा पाल्मेरको ४ गोल

एजेन्सी – चेल्सीले इंग्लिस प्रिमियर लिगमा सोमबार सानदार जित निकालेको छ। घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले एभर्टनलाई ६-० ले हराएको हो । चेल्सीका कोले पाल्मेरले ४ तथा निकोलस ज्याक्सन र अल्फी गिलक्रिस्टले समान १ गोल गरेका थिए। १३ औं मिनेटमा पहिलो गोल गरेका पाल्मेरले २९ औंमा ह्याट्रिक पूरा गरेका थिए। उनले दोस्रो गोल […]

April 16, 2024

पुलिस जीतपुरसिमरा गोल्डकप च्याम्पियन

सुनिल गाउँले, सिमरा नेपाल पुलिस क्लबले जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सिमरा रंगशालामा सोमबार भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा मच्छिन्द्र क्लबलाई टाइब्रेकरमा ४–३ ले हराउँदै पुलिसले वर्षको पहिलो उपाधि जितेको छ । निर्धारित ९० मिनेट र थप समय गोलरहित बराबरीमा टुंगिएपछि टाइब्रेकरमा पुलिसले बाजी मारेको थियो । परिवर्तित गोलकिपर […]

April 15, 2024

लिभरपुलपछि आर्सनल पनि पराजित

एजेन्सी – लिभरपुलको हारपछि इंग्लिस प्रिमियर लिग शीर्षस्थानमा उक्लने मौकालाई आर्सनलले गुमाएको छ । आर्सनल आइतबार एस्टन भिल्लासँग २–० ले पराजित भएको छ । उपाधि होडमा रहेका दुई टोली लिभरपुल र आर्सनल पराजित भएपछि त्यसको फाइदा म्यानचेस्टर सिटीलाई पुगेको छ । खेलको अन्त्यतिर एस्टन भिल्लाले २ गोल गर्दै आर्सनलमाथि सानदार जित निकालेको हो । लियोन […]

Success

Thank you for your time.