3 years ago
May 24, 2023
काठमाडौं (हाम्रो खेलकुद) – मिडफिल्डर आवास लामिछानेको दुई गोल सहयोगमा विभागीय नेपाल एपिएफ फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा संकटा क्लबलाई पराजित गरेको छ ।

एपिएफले संकटामाथि २–१ को जित दर्ता गरेको हो । संकटाका मनिष डाँगीले एक गोल फर्काए । च्यासल मैदानमा बुधबार भएको खेलको २४औं मिनेटमा आवास लामिछानेले गोल गर्दै एपिएफलाई १–० को अग्रता दिलाए । युवराज खड्काको क्रस क्लियर हुन नसक्दा आवासले वान टचमै फिनिस गरे ।
पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा आवासले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै एपिएपको अग्रता दोब्बर पारे । विपन श्रेष्ठले दिएको पासमा उनले एक डिफेन्डरलाई बिट गर्दै पेनाल्टी बक्सबाहिरबाट गरेको प्रहारले जाली चुम्यो ।
५०औं मिनेटमा मनिष डाँगीले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । ओनागुना जुनियर एनकेन्गेको क्रसमा अनमार्क रहेका मनिषले हेडरमार्फत गोल गर्न सफल भए । त्यसपछि थप गोल निस्कन नसक्दा एपिएफ विजयी हुन सफल भयो ।
यस जितसँगै एपिएफ २१ खेलबाट २६ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ । समान २६ अंक नै रहेपनि एनआरटी र हिमालयन शेर्पा छैटौं र सातौं स्थानमा रहँदा एक खेल कम खेलेको थ्री स्टार नवौं स्थानमा झरेको छ । पराजित संकटा २१ खेलबाट २३ अंक जोडेर १२औं स्थानमा छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]