2 years ago
May 25, 2023
एजेन्सी – इन्टर मिलान कोपा इटालियाको च्याम्पियन बनेको छ । एक गोलले पछि परेको स्थिति उल्ट्याएर फियोरेन्टिनामाथि २–१ को जित निकाल्दै इन्टर मिलान लगातार दोस्रो सिजन च्याम्पियन बन्न सफल भएको हो ।
सन् २०२१–२२ को सिजनमा इन्टरले युभेन्ट्सलाई पराजित गर्दै उपाधि जित्न सफल भएको थियो । इन्टर लगातार दोस्रोपटक तथा समग्रमा नवौंपटक च्याम्पियन बन्न सफल भएको हो ।
रोमामा बुधबार राति भएको फाइनलमा इन्टरलाई च्याम्पियन बनाउन अर्जेन्टिनी फरवार्ड लोउटारो मार्टिनेजले दुई गोल गरे । फियोरेन्टिनाका निकोलस गोन्जालेसको गोल सान्त्वना बन्यो ।
खेलको तेस्रो मिनेटमा नै निकोलस गोन्जालेसको गोलबाट फियोरेन्टिनाले अग्रता लिन सफल भएको थियो । उनले जोनाथनको पासमा गोल गर्न सफल भएका थिए ।
२९औं मिनेटमा लोउटारो मार्टिनेजले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले मार्सेलो ब्रोजोभिचको पासमा गोल गर्न सफल भएका थिए ।
३७औं मिनेटमा मार्टिनेजले निकोलो बरेल्लाको पासमा गोल गर्दै इन्टरलाई खेलमा २–१ को अग्रता दिलाए । त्यसपछि दोस्रो हाफमा थप गोल निस्कन नसक्दा इन्टर विजयी हुन सफल भयो ।
इन्टरले १० जुनमा युइएफए च्याम्पियन्स लिगको फाइनलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीसँग खेल्दैछ । यस्तै फियोरेन्टिनाले ७ जुनमा युरोपा कन्फ्रेन्स लिगमा इंग्लिस क्लब वेस्ट ह्याम युनाइटेडसँग खेल्दैछ ।
January 13, 2025
एजेन्सी – रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले स्पेनिस सुपर कपको उपाधि जितेको छ । साउदी अरबमा आइतवार स्पेनिस सुपर कपको फाइनलमा बार्सिलोनासँग रियल ५-२ ले पराजित भएको हो । यसअघि अक्टोबरमा स्पेनिस ला लिग एल क्लासिकोमा पनि बार्सिलोनाले रियललाई ४-० ले हराएको थियो । बार्सिलोनाको जितमा राफिन्हाको २ , लामिन यमल, रोबर्ट लेवान्डोस्की र एलेजान्ड्रो बाल्डेको […]
January 12, 2025
हिमाल खरेल ,बिर्तामोड झापा ११ एफसीले भारतको सिक्किममा जारी १० औँ अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकपमा विजयी सुरुवात गरेको छ । सिक्किमको जोरथाङ रंगशालामा आज भएको प्रतियोगितामा भारत पश्चिम बंगालको जिटिए दार्जिलिङलाई टाइब्रेकरमा हराउँदै झापा ११ क्वार्टर फाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा खेल १-१ गोलको बराबरीमा टुंगिएपछि निर्णयका लागि टाइब्रेकरको सहारा लिइएको थियो […]
January 12, 2025
सुमन अधिकारी,बुटवल रुपन्देहीको फर्साटिकरमा जारी शुद्धोधन गाउँपालिका १२ औं फर्साटिकर कप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । अन्तिम क्वाटरफाइनलमा शनिवार बुटवलको गोर्खा ब्वाइज क्लबले भारत आसामको इन्टर नर्थ इष्ट एफसीलाई ५-१ ले हराएपछि सेमिफाइनल समीकरण पूरा भएको हो। गोर्खा ब्वाइजको जितमा फागुराम थारुले २, निशान्त न्यौपाने, सन्दीप केसी र मनिष तामाङले समान १ […]