3 years ago
May 25, 2023
बिर्तामोड (हाम्रो खेलकुद) –झापाका फुटबलका प्रशिक्षक र दुई खेलाडी गृहनगरमा बुधबार सम्मानित तथा पुरस्कृत भएका छन् ।

सम्मानित तथा पुरस्कृत हुनेहरुमा राष्ट्रिय फुटबल टोलीका सहायक प्रशिक्षक प्रवेश कटुवाल छन् । सम्मानित हुने खेलाडीमा निशान खड्का र अभिषेक बराल छन् । उनीहरुलाई बिर्तामोड नगरपालिका नगर खेलकुद विकास समितिले एक कार्यक्रम गरेर सम्मान गरेको अध्यक्ष विकास गिरीले जानकारी दिए ।
तीनैजनालाई ११ हजार र सम्मानपत्र प्रदान गरिएको सदस्य विशाल अग्रवालले बताए । कटुवाल बिर्तामोड १० तथा निशान र अभिषेक बिर्तामोड ५ का स्थायी बासिन्दा हुन् । कार्यक्रममा कटवाल उपस्थित रहे भने निशान र अभिषेक राजधानीमा सहिद स्मारक ए डिभिजन लिग सन्चालन भइरहेका कारण आउन सकेनन् ।
निशान संकटा क्लब र अभिषेक सातादोबाटो युथ क्लबबाट लिग खेलिरहेका छन् । कटुवाललाई नगर उपप्रमुख नगेन्द्र संग्रौलाले सम्मानपत्र प्रदान गरेका थिए । मछिन्द्र क्लबलाई दुई पटक लिग च्याम्पियन बनाएका कटुवाल केहि महिना अघि राष्ट्रिय टोलीको सहायक प्रशिक्षक नियुक्त भएका थिए ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]