3 years ago
May 25, 2023
काठमाडौं (हाम्रो खेलकुद) – शीर्षस्थानमा रहेको चर्च ब्वाइज युनाइटेड सहिद स्मारक ‘ए’ डिभिजन लिगमा मनाङ–मर्स्याङ्दी क्लबसँग बराबरीमा रोकिएको छ ।

चर्च ब्वाइज र मनाङले गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो । च्यासल मैदानमा बिहीबार भएको खेलमा दुवै टोलीले गोलका केही अवसर सिर्जना गरेपनि सदुपयोग गर्न नसक्दा खेल बराबरीमा रोकिन पुग्यो ।
चर्च ब्वाइजको तुलनामा मनाङले सम्भावित गोलका अवसरहरु चुकाएका थिए । ६४औं मिनेटमा रन्दिप पौडेलको क्रसमा टिमोथी कोउडुको फ्रि हेडर पोलमा लागेर फर्कदा मनाङ अग्रता लिनबाट चुक्यो । इन्ज्युरी समयमा विसन गुरुङको पेनाल्टी बक्सबाहिरको फ्रिकिक क्रसबाट थोरै बाहिरियो ।
पहिलो राउन्डमा भने चर्च ब्वाइजले ३–० को सानदार जित निकालेको थियो । दोस्रो राउन्डमा भने दुवै टोलीबाट गोल निस्कन सकेन ।
चर्च ब्वाइजको यो लगातार दोस्रो बराबरी हो । यसअघि चर्च ब्वाइजले हिमालयन शेर्पा क्लबसँग १–१ गोलको बराबरी खेलेको थियो ।
मनाङको भने यो लगातार सातौं बराबरी हो । पछिल्लो ८ खेलमा अपराजित रहेको ३ मेमा आर्मीलाई १–० ले पराजित गरेयता जित र हार बेहोरेको छैन ।
यस बराबरीसँगै चर्च ब्वाइज २१ खेलबाट ३८ अंक जोडेर शीर्षस्थानमा रहेको छ । चर्च ब्वाइज दोस्रो स्थानको मछिन्द्र फुटबल क्लबभन्दा ३ अंकले अघि छ । मछिन्द्रको ३५ अंक छ । मनाङ २१ खेलबाटै २५ अंक जोडेर ११औं स्थानमा छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]