default_image

1 year ago

May 25, 2023

सावित्रा, रेनुका र सरु स्वदेश फर्किए

210 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – भारतिय महिला लिग (आइडब्लुएल) खेलेर राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी सम्बा, मिडफिल्डरद्वय रेनुका नगरकोटे र सरु लिम्बु विहीबार स्वदेश फर्केका छन् ।

सावित्राले गोकुमल केरेला एफसी तथा रेनुका र सरुले किकस्टार्ट एफसीबाट लिग खेलेका थिए । आइतबार भएको फाइनलमा किकस्टार्टलाई ५–० ले हराउँदै गोकुलमले उपाधिमा ह्याट्रिक गरेको थियो । सावित्राले फाइनलमा १ गोल र २ एसिस्ट गरेकी थिइन् । सावित्रा २९ गोलसहित सर्वाधिक गोलकर्ता बनेकी थिइन् ।

सावित्राले चोटमुक्त भएर पूनरामगन गर्दै पहिलो उपाधि चुम्न पाउँदा खुसी लागेको बताएकी छिन् । उनले यसपटक पहिलो रोजाईमै पर्नका लागि संघर्ष गर्नुपर्ने अवस्था रहेका कारण गोल गर्ने भन्दा पनि पहिलो रोजाईमा पर्न मेहनत गरेको बताइन् । उनले विगतमा भन्दा यसपटक जितका लागि संघर्ष गर्नुपरेको अनुभव सुनाइन् ।

आई लिगमा सावित्राको यो तेस्रो सिजन हो । पहिलो पटक सेथुबाट खेल्दै च्याम्पियन बनेकी सावित्रा गोलकुमले पहिलो पटक उपाधि जित्दा पनि टोलीको सदस्य थिइन् । पछिल्लो पटक भने घुँडाको चोटका कारण उनले लिग गुमाउनु परेको थियो ।

आई लिगमा पहिलो सहभागितामा फाइनल खेलेका सरु लिम्बु र रेनुका नगरकोटेले समग्रमा प्रर्दशनबाट खुसी लागेको बताएकी छिन् । रेनुकाले नेपाल र भारतको लिगको तुलाना गर्न नमिल्ने बताएकी छिन् । उनले भविष्यमा राष्ट्रिय टोलीका अन्य खेलाडीले पनि आइ लिगमा खेल्ने सम्भावना बढ्ने विश्वास व्यक्त गरिन् ।

यसपटक ६ खेलाडीले एकै पटक आई लिग खेलेका कारण त्यसले राष्ट्रिय टोलीलाई पनि फाइदा पुग्ने विश्वास व्यक्त गरिन् ।
सरुले पहिलो पटक आइ लिग खेल्दा खुसी लागेको बताउँदै फाइनल सम्म पुगेर किकस्टार्टलाई उपाधि दिलाउन नसक्दा भने दुःख लागेको बताइन् । एन्जिला तुम्बापो सुब्बा, अनिता बस्नेत रेखा पौडेलले पनि यो सिजन फरक क्लबबाट लिग खेलेका थिए ।

अनिताको लर्डस् एफए समूह चरणबाट बाहिरिएको थियो भने रेखा आबद्ध स्पोर्टस उडिसा क्वार्टरफाइनल र एन्जिला सम्मिलित सेथु सेमिफाइनल पुगेको थियो । आई लिगमा यसअघि एकै सिजन सावित्रा र अनिता बस्नेतले खेलेका थिए भने यसपटक सर्वाधिक ६ खेलाडीले एकै पटक खेलेका थिए ।

July 26, 2024

अन्जनको ह्याट्रिकमा चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी च्यालेन्ज लिग प्लेअफको तयारी गरिरहेको अपि पावर चर्च ब्वाइज युनाइटेडले मैत्रीपूर्ण खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । अर्को साताबाट भारतमा सुरु हुने डुरान्ड कपको तयारी गरिरहेको आर्मीको भद्रकाली स्थित मुख्यालयको फुटबल मैदानमा खेलिएको खेलमा पाहुना टोली ३-२ ले विजयी रह्यो । चर्च ब्वाइजका लागि फरवार्ड अन्जनले दुई […]

July 26, 2024

चितवन जिल्ला लिगमा  सौराहा र पानसको जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा शुक्रबार सौराहा युवा समाज र पानस युवा क्लब विजयी भएका छन् । शारदानगरको मैदानमा पहिलो खेलमा सौराहाले गीतानगर ब्वाइजलाई ३-१ ले हरायो । खेलमा सौराहालाई जिताउन सुशील घलानले ३५ औं र ५२ औं मिनेटमा गोल गरे । यस्तै लक्की गायकले २७ औं मिनेटमा गोल […]

July 26, 2024

सातदोबाटो र पुलिसको जित

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिग अन्तर्गत शुक्रवार भएका खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा सातदोबाटोले मनाङ मर्स्याङ्दी क्लब माथि २-० को जित दर्ता गरेको हो । सातदोबाटोका लागि सोनाम छिरिङ गुरुङ र प्रज्वल कार्कीले समान १-१ गोल गरे । […]

Success

Thank you for your time.