2 years ago
May 26, 2023
काठमाडौं (हाम्रो खेलकुद)– ए डिभिजन लिगका क्लबहरु मैदान भित्र र बाहिर दुवै ठाँउमा एकै समय संघर्ष गरिरहेका छन् । राजधानी जारी सहिद स्मारक ए डिभिजन लिगमा अंकका लागि मैदानमा प्रतिस्पर्धा गरिरहेका क्लबहरु मैदान बाहिर अभिभावक संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) को क्रियाकलापविरुद्ध संघर्ष गरिरहेको छ ।
दशरथ रंगशालामा शुक्रबार दुई खेलमा नेपाल पुलिस क्लब र खुलमटार युवा तथा हिमालय शेर्पा क्ल र थ्री स्टार एकअर्काविरुद्ध प्रतिस्पपर्धा गर्ने तयारीमा जुट्दै गर्दा क्लबका प्रतिनिधि भने सोही रंगशालाको आसपासमा पत्रकार सम्मेलनमार्फत एन्फाको कार्यशैलीप्रति गुनासो गरिरहेका थिए ।
त्रिपुरेश्वरस्थित नेपाल खेलकुद पत्रकार मन्चको कार्यालयमा पत्रकार सम्मेलन आयोजना गर्दै १४ मध्ये १० क्लबका प्रतिनिधिले एन्फाको कार्यशैलीको विरोध र कामप्रति आशंका व्यक्त गरेका थिए । उनीहरुले एन्फाबाट आफूहरु अन्यायमा परेको बताएका छन् । लिगको २१ औं चरण चलिरहँदा ए डिभिजन क्लबले लिगको तयारी खर्च मध्येको दोस्रो किस्ता, म्याच मनी, म्याच बल र हरेक खेलको म्यान अफ दी म्याचको रकम पनि प्राप्त गर्न सकेका छैनन् ।
संकटा क्लबका अध्यक्ष तथा एन्फाका पूर्व महासचिव इन्द्रमान तुलाधरले एन्फा नेतृत्वलाई पटक पटक ध्यानाकर्षण गराउँदा पनि क्लबहरुको माग सम्बोधन नभएको गुनासो गरे । यस पटक लिगको तयारीका लागि एन्फाले हरेक क्लबलाई ३२ लाख ५० हजार रुपैयाँ दिने बताएको थियो । एन्फाले लिग अघि प्रत्येक क्लबलाई समान १५ लाख रुपैयाँ दिएपनि त्यसपछि दिने भनिएको दोस्रो किस्ताको १० लाख रुपैयाँ र अन्तिम किस्तान ७ लाख ५० हजार रुपैयाँ अहिले सम्म दिएको छैन ।
एन्फाका पूर्व अध्यक्ष समेत रहेका हिमालयन शेर्पाका अध्यक्ष कर्माछिरिङ शेर्पाले लिग सकिए पनि आफूहरुले क्लबहरुले रकम पाउने अवस्था नरहेको भन्द आशंका व्यक्त गरे । एन्फा नेतृत्वको कमजोरीका कारण अविश्वासको वातावरण तयार भएको शेर्पाको भनाई थियो । गत वर्ष असार ६ गते शेर्पालाई पराजित गर्दै उनकै कार्यकालका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ एन्फा अध्यक्षमा निर्वाचित भएका थिए । त्यसयता एन्फा आन्तरिक र बाह्य विवादमा पर्दै आएको छ ।
लिगलाई व्यवस्थित तवरले संचालन गर्ने, प्रायोजकहरुको राम्रो व्यवस्था गर्ने, दर्शकहरुलाई फुटबल खेल हेर्न आउनका लागि विभिन्न योजना तयार पारी आकर्षण गराउने, क्लबहरुलाई तयारी खर्च सर्वशुलभ तवरले उपलब्ध गराउने, गत वर्षको भन्दा तयारी खर्च बढाई दिने तथा गत वर्षको बाँकी रकम समयमै उपलब्ध गराउने जस्ता विभिन्न सम्झौता एन्फाले गरेको क्लबहरुले स्मरण गराएका छन् ।
क्लबहरुको संयुक्त विज्ञप्तीमा भनिएको छ, ‘२१ औ चरणका खेल सुरु भैरहेको अवस्थामा उल्लेखित सम्झौता र योजना अनुसारको कुनै पनि कार्य आयोजक संस्था एन्फाले गर्न सकेको छैन । दिन प्रति दिन फुटबल खेलप्रति निराशा छाईरहेको छ । बजार व्यवस्थापन उचित तवरले गर्न नसक्दा व्यापारिक संस्थाहरुले फुटबलमा प्रायोजन गर्न छाडेका छन् ।’
एन्फाको महत्वपूर्ण योजना अनुरुप संचालन गरेको यूवा खेलाडी उत्पादन गर्ने हेतुले विभिन्न क्लबहरुद्वारा संचालनमा ल्याईएको एकेडेमीप्रति एन्फा आफै उदासीन देखिएको क्लबहरुले आरोप लगाएका छन् । सम्झौता अनुरुपका रकम क्लबहरुलाई भुक्तानी नगर्दा एकेडेमी बन्द हुने अवस्थामा पुगेको जनाइएको छ । त्यत्ति मात्र होइन उमेर समूहको कुनै पनि प्रतियोगिता संचालन गर्न असफल एन्फा राष्ट्रिय टोलीको व्याक अप टोलीका रुपमा रहेको उमेर समूहको अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग नलिने निर्णयमा पुगेकोेमा पनि क्लबहरुले आलोचना गरेका छन् । आर्थिक अभाव भएको जनाउँदै एन्फाले हालै एएफसी यू २३ छनोट नखेल्ने निर्णयमा पुगेको जनाएको थियो ।
पदाधिकारी रिझाउने विदेश घुमाउने र आफ्नो कार्य समितिमा कसरी बहुमत पुर्याउनमा नै तल्लिन रहेको तथा वर्तमान एन्फा कार्य समिति आफ्नो सेवा सुविधा वढाउने र थप्ने कार्यमा व्यस्त रहेको क्लबहरुले आरोप लगाएका छन्। लिगका सबै खेलको प्रत्यक्ष प्रसारण हुन नसकेकोलगायतका विषयमा क्लबहरुले भनेका छन्, ‘दर्शकहरु प्रत्यक्ष रुपमा खेल हेर्नवाट वन्चित भैरहेका छन् । अझ प्रतियोगिताको उचित तालिका नबनाइदा खेलाडीहरु घाइते भैरहेका छन् । यस्तोे अवस्थामा पनि हामी क्लबहरु नेपाली फुटबल खेलको विकासका लागि खेलिरहँदा समेत आयोजक एन्फा मौन रहेको देखिन्छ । यसले गर्दा क्लबलाई ठूलो आर्थिक संकट उत्पन्न भैरहेको छ ।’
शेर्पा, तुलाधरसहित पत्रकार सम्मेलनमा खुमलटारका उपाध्यक्ष हरिबोल राउत, मनाङ मस्र्याङ्दीका अध्यक्ष विजय घले, मछिन्द्रका सचिव किरण महर्जन, एनआरटीका महासचिव नरेन्द्रमान श्रेष्ठ, फ्रेन्ड्सका अध्यक्ष विश्वास विक्रम साह, सातदोबाटो युथका अध्यक्ष कपिल किशोर मगर, चर्च ब्वाइज युनाइटेडका अध्यक्ष टंकलाल राई र थ्री स्टार क्लबका सहकोषाध्यक्ष देवेन्द्रलाल श्रेष्ठको उपस्थिति थियो ।
तीन विभागिय टोली (नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी फुटबल क्लब र एपिएफ फुटबल क्लब) र जावलाखेल युथ क्लबका प्रतिनिधिको भने पत्रकार सम्मेलनमा उपस्थिति थिएन ।
January 13, 2025
सुनिल गाउँले, बारा जीतपुरसिमरा गोल्डकपको आयोजक नव जन जागृती युवा क्लब सिमराको छैठौं अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । सिमरा रंगशालामा निर्माण भइरहेको एकेडेमी भवनको सभाहलमा सोमवार भएको अधिवेशनले रामचन्द्र लामाको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो । यसअघि पनि लामा नै अध्यक्ष थिए। कार्यसमितिको प्रथम उपाध्यक्षमा शंकर थापा, द्वितीय […]
January 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको अन्तिम चरण अन्तर्गत आज त्रिभुवन आर्मी फुटबल क्लबले बागमती युथ क्लबलाई ३-० ले हराएको छ। आर्मीको जितमा सपना लामा, पुनम जर्घा मगर र चन्द्रा भण्डारीले गोल गरे। विमला चौधरीले दुई असिस्ट गरिन् । एन्फा कम्प्लेक्समा भएको खेलको सुरुवातमा नै आर्मीले अग्रता बनायो। छैटौं मिनेटमा विमलाको सटिक क्रसमा सपनाको क्लोज […]
January 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली महिला फुटबल टोलीले किर्गिजस्तानसँग खेल्दै फागुनमा आयोजना हुने फोर नेसन्स कपको सुरुवात गर्ने भएको छ। दशरथ रंगशालामा फागुन ५ देखि १४ गते सम्म आयोजना हुने फोर नेसन्सको पहिलो दिनको पहिलो खेल म्यानमार र लेबननबिच हुनेछ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमवार जारी गरेको खेल तालिका अनुसार फागुन ८ गते लेबननको […]