default_image

3 years ago

May 27, 2023

एएफसी एसियन कपको लागि नेपाली टोली घोषणा

433 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी यु–२० महिला एसियन कप छनोटको दोस्रो चरणको लागि नेपाली यु–२० महिला राष्ट्रिय टोलीको घोषणा गरेको छ ।

मुख्य प्रशिक्षक याम प्रसाद गुरुङले २३ सदस्यीय टोली घोषणा गरेको हो । प्यालेस्टाइनमा भएको पहिलो चरणको छनोटबाट नेपाल समूह ‘बी’ बाट उपविजेता बन्दै दोस्रो चरणमा पुग्न सफल भएको हो ।

नेपालले प्यालेस्टाइनमा भएको पहिलो राउण्डमा आयोजक प्यालेस्टाइन र उत्तरी मारियाना आइल्याण्डलाई समान ६–० गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको थियो ।

छनोटको दोस्रो चरणमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपाल रहेको समूहमा चीन, म्यानमार र चाईनिज ताइपे रहेका छन् । ‘ए’ समूहमा अष्ट्रेलिया, भियतनाम, इरान र लेबनान रहेका छन् ।

दोस्रो चरणको छनोट जुन ३ देखि ११ सम्म हुनेछ । जसबाट उत्कृष्ट ४ टोलीले उज्वेकिस्तानमा हुने यू–२० महिला एसियन कप खेल्नेछ । नेपालले जुन ६ मा आयोजक म्यानमारसँग खेल्नेछ । जुन ८ मा चीनसँग तथा जुन १० मा चाइनिज ताइपेसँग अन्तिम खेल खेल्नेछ ।

उज्वेकिस्तानमा हुने यु–२० महिला एसियन कप २०२४ को मार्च ३ देखि १६ सम्म हुनेछ । यु–२० महिला एसियन कपमा १६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

२३ सदस्यीय नेपाली टोली
गोलरक्षक – कविता विक, लिला जोशी र सावित्री किसान
डिफेन्डर – सविना चौधरी, तुलसा बोहरा, सुनिता भुलान, सिमरन राई, दिव्या यस्माली मगर, प्रतिक्षा चौधरी, सजनी थोकर र कुमारी तामाङ
मिडफिल्डर – सरस्वती हमाल, मनमाया दमाई, सुनकला राई, दीपा शाही, हिमा रावत, सुष्मा जीटी, अन्जली मचामासी र सारा बज्राचार्य
फरवार्ड – अमिषा कार्की, ममता पुन, गरिमा राई र सन्दिपा भोलान

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.