default_image

3 years ago

May 27, 2023

चर्च ब्वाइज र जावलाखेलको हार, मछिन्द्र रोकियो

204 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – शीर्ष दौडमा रहेको चर्च ब्वाइज युनाइटेड र जावलाखेल युथ क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा हार बेहोर्दा मछिन्द्र फुटबल क्लब बराबरीमा रोकिएको छ ।

शीर्षस्थानमा रहेको चर्च ब्वाइज रेलिगेसन जोनमा संघर्ष गरिरहेको संकटा क्लबसँग १–० ले स्तब्ध बनेको हो । चर्च ब्वाइजलाई स्तब्ध पार्न संकटाका युसुफ एट्रिसले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले ६९औं मिनेटमा काउन्टर अट्याकमा गोल गर्न सफल भएका थिए ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा चर्च ब्वाइजको फ्रिकिकलाई बचाएपछि काउन्टर अट्याकमा जुनियर एनकेन्गेले दिएको पासलाई युसुफले बललाई नियन्त्रणमा लिदै चर्च ब्वाइजका गोलरक्षक प्रिसोलाई बिट गर्दै गोल गर्न सफल भए ।

त्यसपछि डिफेन्स र काउन्टर अट्याकमा ध्यान दिएको संकटालाई चर्च ब्वाइजले दवावमा राखेपनि थप गोल गर्न नसक्दा चर्च ब्वाइज स्तब्ध बन्न पुग्यो ।

चर्च ब्वाइजको हारले उपाधि होड थप खुल्ला बनेको छ । लिगमा अब चार राउन्डको खेल बाँकी रहँदा चर्च ब्वाइज शीर्षस्थानमा अझै २ अंकले अघि छ ।

यस हारले शीर्षस्थानमा रहेको चर्च ब्वाइजले शीर्षस्थानमा स्पष्ट ५ अंकको अग्रता लिने मौका गुमाएको छ । लिगमा चौथो हार बेहोरेको शीर्षस्थानको चर्च ब्वाइजको २२ खेलबाट ३८ अंक छ ।

समान खेलबाटै मछिन्द्रको ३६ तथा तेस्रो स्थानको जावलाखेलको ३४ अंक छ । चर्च ब्वाइजलाई हराएको संकटाले रेलिगेसन जोन छाडेको छ । संकटा २२ खेलबाट २६ अंक जोडेर १०औं स्थानमा उक्लिएको छ ।

लिगकै अर्काे खेलमा जावलाखेल युथ क्लब विभागीय नेपाल एपिएफ फुटबल क्लबसँग २–० ले पराजित भएको छ । एपिएफको जितमा अर्मान्ड विडोम र आवास लामिछानेले गोल गरे । दुवै गोल पहिलो हाफमा भएको थियो ।

दशरथ रंगशालामा भएको खेलको २३औं मिनेटमा अर्मान्डको गोलबाट एपिएफले अग्रता लिन सफल भएको थियो । त्यसपछि पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा आवास लामिछानेले गोल गर्दै एपिएफको अग्रता दोब्बर पारे । त्यसपछि थप गोल निस्कन नसक्दा एपिएप विजयी हुन सफल भयो ।

यस जितसँगै एपिएफ २२ खेलबाट २९ अंक जोडेर सातौं स्थानमा उक्लिएको छ । समान २९ अंक रहेपनि एक खेल कम खेलेको हिमालयन शेर्पा क्लब र सातदोबाटो युथ क्लब पाँचौं र छैटौं स्थानमा छ । पराजित जावलाखेलले शीर्षस्थानको चर्च ब्वाइजसँगको अंक दुरी छोट्याउने तथा मछिन्द्रलाई उछिन्ने मौका गुमाएको छ ।

जावलाखेल २२ खेलबाट ३४ अंक जोडेर तेस्रो स्थानमा छ । लिगकै अर्काे खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र मछिन्द्र फुटबल क्लबले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

आर्मीका दिनेश हेन्जनले गोल गर्दा मछिन्द्रले आत्मघाती गोल उपहार पाएको थियो । च्यासल मैदानमा भएको खेलको १७औं मिनेटमा दिनेश हेन्जनको गोलबाट आर्मीले सुरुवाती अग्रता लिएको थियो ।

तर, आर्मीले त्यो अग्रतालाई बचाउन सकेन । ६०औं मिनेटमा युद्ध शाहीले आत्मघाती गोल गरेपछि मछिन्द्र खेलमा फर्कियो । यस बराबरीले मछिन्द्र २२ खेलबाट ३६ अंक जोडेर दोस्रो स्थानमा यथावत छ । आर्मी ३० अंक जोडेर चौथो स्थानमा छ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.