default_image

3 years ago

May 27, 2023

डर्टमुन्डलाई पछि पार्दै बायर्न म्युनिख बुन्डेसलिगा च्याम्पियन

294 views

0 Bookmark

एजेन्सी – अन्तिम म्याच डेमा शीर्षस्थानमा रहेको बोरुसिया डर्टमुन्डलाई पछि पार्दै बायर्न म्युनिख लगातार ११औं सिजन जर्मन बुन्डेसलिगाको च्याम्पियन बन्न सफल भएको छ ।

शीर्षस्थानमा रहेको बोरुसिया डर्टमुन्ड बराबरीमा रोकिदा बायर्नले आफ्नो अन्तिम खेलमा एफसी कोल्नलाई २–१ ले पराजित गरेपछि बायर्न च्याम्पियन बन्न सफल भएको हो ।

समान ३४ खेलबाट ७१ अंक जोडेपनि गोल अन्तरमा बायर्नले डर्टमुन्डलाई पछि पार्दै लगातार ११औं सिजन उपाधि जित्न सफल भएको हो । यता, अन्तिम खेलमा बराबरीमा रोकिन पुग्दा डर्टमुन्डको सन् २०११–१२ पछि उपाधि जित्ने सपना सकिएको छ ।

कोल्नमा शनिबार राति भएको खेलमा बायर्नको जितमा किङ्सले कोमान र जमल मुसिएलाले गोल गरे । कोल्नका डिजानले एक गोल फर्काए । खेलको आठौं मिनेटमा कोमानको गोलबाट बायर्नले अग्रता लिन सफल भएको थियो । उनले लिरोए सानेको पासमा गोल गर्न सफल भएका थिए ।

४५औं मिनेटमा सानेले गोल गरेपनि भिएआरबाट मान्यता पाएन । ८०औं मिनेटमा डिजानले पेनाल्टीमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ८९औं मिनेटमा जमल मुसिएलाले गोल गर्दै बायर्नको जित पक्का गर्दै टोलीलाई च्याम्पियन बनाए ।यस जितले बायर्नले ३४ खेलबाट ७१ अंक बटुल्यो । पराजित कोल्न ४२ अंक जोडेर ११औं स्थानमा रह्यो ।

बुन्डेसलिगाकै अर्काे खेलमा दुई गोलले पछि परेको डर्टमुन्डले खेलमा फर्कदै माइन्जलाई २–२ गोलको बराबरीमा रोकेपनि च्याम्पियन बन्न पर्याप्त रहेन ।

माइन्जका एन्ड्रिएस हान्चे ओल्सेन र करिम ओनिसिओले गोल गर्दा डर्टमुन्डका राफयल गुरेइरो र निकलस सुलले बराबरी गोल फर्काए । घरेलु मैदान सिग्न इडुना पार्कमा एन्ड्रिएस हान्चे ओल्सेनको गोलबाट बायर्न खेलमा पछि परेको थियो ।

१९औं मिनेटमा सेवास्टियन हालेर पेनाल्टीमा चुक्दा डर्टमुन्ड बराबरीबाट चुक्यो । २४औं मिनेटमा करिम ओनिसिओले गोल गरेपछि डर्टमुन्ड खेलमा २–० ले पछि पर्यो ।

६९औं मिनेटमा राफयल गुरेइरोले गोल गर्दै डर्टमुन्डलाई खेलमा कायम राखे । इन्ज्युरी समयको थप गरिएको छैटौं मिनेटमा निकलस सुलले गोल गर्दै टोलीलाई हारबाट जोगाएपनि च्याम्पियन बनाउन सकेन ।

यस बराबरीले डर्टमुन्डले ३४ खेलबाट ७१ अंक जोड्यो । डर्टमुन्ड गोल अन्तर र हेड टु हेडमा बायर्नसँग पछि पर्दै उपाधिबाट वञ्चित बन्यो । माइन्ज ४६ अंक जोडेर नवौं स्थानमा रह्यो ।

आरबी लाइप्जिग र युनियन बर्लिन शीर्ष चारमा रहँदै अर्काे सिजनको च्याम्पियन्स लिगमा छनोट हुन सफल भयो । फ्रेइवर्गले युरोपा लिग तथा बायर लिभरकुसनले युरोपा कन्फ्रेन्स लिग खेल्ने भएको छ । साल्के र हर्था बर्लिन रेलिगेसनमा पर्दा भिएफबी स्टुटगार्ट रेलिगेसन प्ले अफ खेल्नुपर्नेछ छ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.