3 years ago
May 28, 2023
एजेन्सी – ल्युटन टाउनले अर्को सिजन इंग्लिस प्रिमियर लिग खेल्ने भएको छ । इंग्लिस फुटबलको दोस्रो श्रेणी अर्थात च्याम्पियनसिपको प्लेअफ फाइनलमा कभेन्ट्री सिटीलाई सडन डेथमा हराउँदै ल्युटनले शीर्ष डिभिजनको यात्रा तय गरेको हो ।

निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा टुंगिएपछि थप ३० मिनेटमा पनि गोल हुन सकेको थिएन । टाइब्रेकरमा दुवै टोलीको ५-५ गोल भएपछि सडन डेथमा कभेन्ट्रीका फान्काती डाबो चुकेका थिए ।
खेलको २३ औं मिनेटमा ल्युटनले जोर्डन क्लार्कको गोलमा अग्रता लिएको थियो । ६६ औं मिनेटमा गुस्ताभो हेमरले खेल बराबरीमा ल्याएका थिए । ९० मिनेटको खेल बराबरीमा सकिएपछि १ सय १७ औं मिनेटमा ल्युटनको गोल भीएआरले मान्यता दिएको थिएन । तर सडन डेथमा ल्युटनले सबै ६ प्रहारमा गोल गर्दै जित हासिल गर्यो ।
ल्युटन ३१ वर्षपछि शीर्ष डिभिजन फुटबलमा फर्किएको हो । प्रिमियर लिगको स्थापनायता टोली पहिलो पटक यो स्तरमा खेलिरहेको छ ।
यसअघि बर्नलीले पनि लिगको शीर्षस्थानमा रहेर बढुवा पक्का गरिसकेको छ । म्यानचेस्टर सिटीका पूर्व डिफेन्डर भिन्सेन्ट कम्पनीको प्रशिक्षणमा रहेको बर्नलीसँगै सेफिल्ड युनाइटेडले पनि दोस्रो हुँदै लिगमा पुनरागमन गरेको हो ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]