default_image

3 years ago

May 28, 2023

मेस्सीको कीर्तिमानी गोलसँगै पिएसजी लिग वान च्याम्पियन

320 views

0 Bookmark

एजेन्सी – अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सीको कीर्तिमानी गोलसँगै पेरिस सेन्ट जर्मेन (पिएसजी) ले स्ट्रासबर्गमा बराबरी खेल्दै कीर्तिमानी ११औं पटक फ्रेन्च लिग वानको उपाधि जित्न सफल भएको छ ।

घरेलु टोली स्टार्सवर्गसाग १–१ गोलको बराबरीमा रोकिएपनि पिएसजी लिग वानको एक खेल बाँकी छँदै कीर्तिमानी ११औं पटक लिग वानको उपाधि जित्न सफल भएको हो ।

च्याम्पियन बनेसँगै पिएसजीले सेन्ट इटिएन र मार्सेले समान १० पटक फ्रेन्च लिग वानको उपाधि जितेको कीर्तिमानलाई उछिनेको छ ।

पिएसजीलाई च्याम्पियन बन्न एक अंकको खाँचो रहँदा एक अंक नै बटुल्न सकेपछि च्याम्पियन बन्न सफल भयो । पिएसजीबाट अंक खोस्न सफल स्टार्सवर्ग पनि रेलिगेसनबाट बचेको छ ।

घरेलु टोलीविरुद्ध पिएसजीले बल पोसेसन राखेपनि गोलको लागि दोस्रा हाफ नै कुर्नुपरेको थियो । ५९औं मिनेटमा मेस्सीले केलियन एमबाप्पेको पासमा गोल गर्दै पिएसजीलाई १–० को अग्रता दिलाए ।

लिग वानमा मेस्सीको यो ७४ खेलमा ३२औं गोल हो । यस गोलसँगै मेस्सीले युरोपको शीर्ष पाँच लिगमा रोनाल्डोले राखेको गोलको कीर्तिमानलाई तोडेका छन् । मेस्सीले युरोपको शीर्ष ५ लिगमा ४९६ गोल पूरा गरेका छन् । यसअघि यो कीर्तिमान क्रिष्टियानो रोनाल्डोको नाममा ४९५ रहेको थियो ।

तर, पिएसजीले त्यो अग्रतालाई जोगाउन सकेन । ७९औं मिनेटमा केभिन गेमेरियोले गोल गर्दै पिएसजीबाट अंक खोस्दै टोलीलाई रेलिगेसनबाट जोगाए ।

यस बराबरीसँगै पिएसजीको ३७ खेलबाट ८५ अंक पुगेको छ । दोस्रो स्थानमा रहेको लेन्सको ८१ अंक छ । स्टार्सवर्ग ३७ खेलबाट ४० अंक जोडेर १५औं स्थानमा छ ।

पछिल्लो ११ वर्षमा पीएसजीलाई नवौं उपाधि जिताउन मद्दत गरेपनि क्रिस्टोफ गाल्टिएरको भविष्य अन्योलमा छ । उनले लिलीलाई २०२०–२१ को उपाधि दिलाएपछि सिजनको सुरुमा जिम्मेवारी सम्हालेका थिए, तर च्याम्पियन्स लिगको अन्तिम १६ मा बायर्न म्युनिखबाट बाहिरिनु ठूलो धक्का थियो ।

‘मैले बुन्डेसलिगाको यो सिजनको अन्तिम दिनको खेल हेरेँ र तपाईले देख्न सक्नुहुन्छ कि कुनै पनि लिग जित्न धेरै गाह्रो छ ।’ प्रशिक्षक गाल्टिएरले भने, ‘सबै युरोपेली लिगका च्याम्पियहरूले यस सिजनको च्याम्पियन्स लिगमा समस्याहरू भोगेका छन् । यो एक उपाधि हो र हामीले पिएसजी भएपनि जित्नु सामान्य हो भनेर विश्वास गर्नु हुँदैन ।’

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.