default_image

3 years ago

May 28, 2023

रोड्रिगो चम्कँदा रियल म्याड्रिडको पूनरागमन जित

297 views

0 Bookmark

एजेन्सी – ब्राजिली युवा विंगर रोड्रिगो गोएसको दुई गोलसँगै रियल म्याड्रिडले स्पेनिस ला लिगामा पूनरागमन जित निकालेको छ ।

रियलले एक गोलले पछि परेको स्थिति उल्ट्याएर घरेलु टोली सेभियामाथि २–१ को पूनरागमन जित निकालेको हो । सेभियाका राफा मिरको गोल सान्त्वना बन्यो ।

रोमन सान्चेज पिजुवान सेभियामा शनिबार राति चोटका कारण कप्तान करिम बेन्जेमा र भिनिसियस जुनियरविनै मैदान उत्रिएको रियल खेलको तेस्रो मिनेटमा नै राफा मिरको गोलबाट पछि परेको थियो ।

तर, एक गोलले पछि परेको रियलले पूनरागमन जित निकाल्न सफल भयो । २९औं मिनेटमा रोड्रिगोको फ्रिकिकमा सिधै गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि ६९औं मिनेटमा रोड्रिगोले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै रियलको पूनरागमन जित पक्का गरे ।

यस जितसँगै दोस्रो स्थानमा रहेको रियलको ३७ खेलबाट ७७ अंक पुगेको छ । रियल शीर्षस्थानको बार्सिलोनासँग ८ अंले पछि तथा तेस्रो स्थानको एट्लेटिको मड्रिडभन्दा ४ अंकले अघि छ । बार्सिलोना र एट्लेटिकोले एक खेल कम खेलेका छन् । पराजित सेभिया ४९ अंक जोडेर १०औं स्थानमा छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.