default_image

3 years ago

May 28, 2023

मनाङले थ्री स्टारलाई हरायो

188 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मनाङ–मर्स्याङ्दी क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा थ्री स्टार क्लबलाई पराजित गरेको छ । मनाङले थ्री स्टारलाई १–० ले पराजित गरेको हो ।

मनाङको जितमा पहिलो हाफमा चेतन कुमार थारुले गरेको गोल नै निर्णायक बन्यो । उनले ३८औं मिनेटमा गोल गर्न सफल भएका थिए ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आइतबार भएको निकै नै फितलो खेलको १७औं मिनेटमा लाकेन लिम्बुको प्रहार क्रसबारमा लागेर फर्कदा थ्री स्टार अग्रता लिनबाट चुक्यो ।

३४औं मिनेटमा फरवार्ड अजायी मार्टिन्स घाइते भएर खेल्न नसक्ने भएपछि थ्री स्टार थप समस्यामा पर्यो । मार्टिन्स घाइते भएपछि थ्री स्टारको अग्रपङ्ति डिफेन्डर पिटर सेगुनले सम्हालेका थिए ।

मार्टिन्स घाइते भएको चार मिनेटपछि थ्री स्टारले गोल खान पुग्यो । ३८औ मिनेटमा चेतन कुमार थारुले गोल गर्दै मनाङलाई १–० को अग्रता दिलाए ।

अशोक खवासले रोशन राना मगरलाई फउल गरेपछि प्राप्त फ्रिकिकमा डियाको प्रहार पोलमा लागेर फर्कदा कोफी टिमोथी कोउडुले मिलाइदिएको पासलाई नजिकै रहेका चेतनले सहजै गोल गरे ।

एक गोलले पछि परेको थ्री स्टारले दोस्रो हाफमा गोल गर्ने प्रयास गरेपनि मनाङको बलियो रक्षापङ्ति तोड्न नसक्दा पराजित हुन पुग्यो ।

संकटालाई ३–० ले पराजित गरेयताको ११ खेलमा थ्री स्टारको यो लगातार चौथो हार हो । आर्मीसँग १–१ गोलको बराबरी खेलेयताको सबै चार खेलमा थ्री स्टार समान १–० को नतिजामा पराजित भएको छ ।

लगातारको हार र जितविहीन यात्राले थ्री स्टारलाई पनि रेलिगेसनको दवाव बढेको छ । यस हारसँगै थ्री स्टार २२ खेलबाट २६ अंक जोडेर ११औं स्थानमा झरेको छ ।

यता, पछिल्लो ९ खेलमा अपराजित रहेको मनाङले आठौं खेलमा जित निकाल्न सफल भएको छ । आर्मीलाई १–० ले हराएयता अपराजित रहेको मनाङले त्यसपछि सबै सात खेलमा बराबरीको नतिजा निकालेको थियो । यस जितले मनाङ २२ खेलबाट २८ अंक जोडेर १०औं स्थानमा छ ।

च्यासल मैदानमा आइतबारै भएको खेलमा न्युरोड टिम (एनआरटी) ले सातदोबाटो युथ क्लबलाई २–१ ले पराजित गरेको छ । एनआरटीको जितमा निकोलस सर्ज सङ र सनम लिम्बुले गोल गरे । सातदोबाटोका शिव सुवेदीले एक गोल फर्काए ।

प्रतिस्पर्धात्मक खेलको ६९औं मिनेटमा निकोलस सर्ज सङले गोल गर्दै एनआरटीलाई १–० को अग्रता दिलाए । ७३औ मिनेटमा सनम लिम्बुले गाृल गर्दै एनआरटीको अग्रता दोब्बर पारे ।

८४औं मिनेटमा शिव सुवेदी गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा एनआरटी विजयी हुन सफल भयो ।

यस जितले एनआरटी २२ खेलबाट २९ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ । पराजित सातदोबाटोको पनि २९ अंक नै रहेपनि गोलअन्तरमा छैटौं स्थानमा छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.