3 years ago
May 29, 2023
काठमाडौं (हाम्रो खेलकुद) – रेलिगेसन जोनमा संघर्ष गरिरहेको फ्रेन्ड्स क्लबलाई पराजित गर्दै विभागीय नेपाल पुलिस क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगको चौथो स्थानमा उक्लन सफल भएको छ ।

पुलिसले फ्रेन्ड्सलाई २–१ ले पराजित गर्दै चौथो स्थानमा उक्लन सफल भएको हो । २८ अंक जोडेर नवौं स्थानमा रहेको पुलिसले फ्रेन्ड्समाथिको जितसँगै पाँच स्थान सुधार गरेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा पुलिसको जितमा दुवै गोल अन्जन राईले गोल गरे । फ्रेन्ड्सका बिकास थापाले एक गोल फर्काए ।
खेलको दोस्रो मिनेटमा नै अन्जन राईको गोलबाट पुलिसले सुरुवाती अग्रता लिन सफल भयो । सौजन याख्खा राईको फ्रिकिकमा अन्जन राईले हेडरमार्फत गोल गर्न सफल भए ।
२०औं मिनेटमा विकास थापाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । अमित तामाङको क्रसमा सन्तोष हेमरुनले नभेटेको बललाई विकासले वान टचमा गोल गर्न सफल भएका थिए ।
३५औं मिनेटमा अन्जनले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै पुलिसलाई २–१ को अग्रता दिलाए । यसपटक अन्जनले सौजनकै कर्नरमा हेडरमार्फत गोल गर्न सफल भए ।
अन्जनको हेडर फ्रेन्ड्सका गोलरक्षक विशाल सुनारले बचाउने प्रयास गरेपनि हातबाटै फुस्किदा जाली चुमेको थियो । त्यसपछि थप गोल निस्कन नसक्दा पुलिस विजयी हुन सफल भयो ।
यस जितसँगै चौथो स्थानमा उक्लिएको पुलिसको २२ खेलबाट ३१ अंक पुगेको छ । पराजित फ्रेन्ड्सको २२ खेलबाट २४ अंकसहित १३औं स्थानमा छ । समान २४ अंक नै रहेपनि एफसी खुमलटार पुछारमा छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]