default_image

3 years ago

May 29, 2023

जर्मनीमा काठमाडौं किकर्सलाई अन्तिम २ खेलमा सफलता

463 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं किकर्स फुटबल एकेडेमीको यू १३ टिमले जर्मनीको म्युनिकमा फिन्च्त जुनियर फुटबल ५४ औं भीआर बैंक कप २०२३ मा सोमबार दुई खेलमा जित हासिल गर्दै ११ औं भएको छ ।

एसभी मामेन्डर्फले आयोजना गरेको तीन दिने प्रतियोगिताको अन्तिम दिन काठमाडौं किकर्स विशांख कार्की र अबिन भट्टराईको गोलमा टीएसभी मुरेनवेइसलाई २–० ले हराएर समूह २ को छैटौं स्थानमा रह्यो । त्यसैले किकर्सले ११ औं स्थानको लागि समूह १ मा छैटौं वरियतामा रहेको टीएसभी गेल्टेन्डोर्फविरुद्ध प्लेअफमा खेल्नुपर्यो, जसमा किकर्सले ३–१ को जित निकाल्यो । १–० ले पछाडि परेको स्थितिमा सुधार गरेर हात पारेको जितमा अबिनले २ गोल गरे भने अंगश भुषालले १ गोल गरे ।

काठमाडौं किकर्स यू १३ मा सहभागि १६ टिममध्ये पाँच टिमलाई पछाडि पार्दै ११ औं स्थानमा भएको हो । सुरुका तीन खेल हारेको किकर्सले प्रतियोगितामा ३ जित, १ बराबर र ४ हारको नतिजा निकाल्यो । समूह चरणमा किकर्सलाई २–१ ले पराजित गरेको एफएसभी इचिङ यू १३ च्याम्पियन बन्यो ।

किकर्स ५६ वर्षअघि सुरु भएको फिन्च्त जुनियर फुटबलमा सहभागि हुने पहिलो नेपाली टोली हो । ६ वर्षदेखि १५ वर्षसम्मका ६ वटा उमेर समूहका प्रतियोगिता आयोजना गरिएको ५४ औं संस्करणमा २० क्लबका ६४ टोलीको सहभागि भएका थिए । उनीहरूवीच २ सय ९० खेल भए । कोभिड १९ महामारीअघि फ्रान्स, इटाली, स्वीटजरल्यान्ड, अस्ट्रियालगायत युरोपका विभिन्न देशका क्लब सहभागि हुने यस प्रतियोगितामा यसपाली एक्लो विदेशी टिमको रुपमा नेपालको काठमाडौं किकर्सले प्रतिस्पर्धा गरेको किकर्सका अध्यक्ष नवीन पान्डेले जानकारी दिए ।।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.