default_image

3 years ago

June 3, 2023

थ्री स्टार हारबाट जोगियो

265 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – रेलिगेसनको दवाव झेलिरहेको थ्री स्टार क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगमा हारबाट जोगिएको छ ।

इन्ज्युरी समयमा गोल गरेपछि थ्री स्टार हारबाट जोगिएको हो । थ्री स्टारले विभागीय नेपाल एविएफ क्लबसँग १–१ गोलको बराबरी खेलेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा एपिएफका मणि कुमार लामाले गोल गर्दा थ्री स्टारका बराबरी गोल फर्काए ।

खेलको २३औं मिनेटमा मणि कुमार लामाको गोलबाट एपिएफले १–० को अग्रता लिन सफल भयो । उनले कप्तान नविन लामाले दिएको पासमा पेनाल्टी बक्स बाहिरबाट गरेको प्रहार थ्री स्टारका गोलरक्षक अरुण ब्लोनको हातमा लाग्दै गोलमा परिणत भएको थियो ।

एक गोलले पछि परेको थ्री स्टारले दोस्रो हाफमा सुधारिएको खेल पस्कदै गोल गर्न सफल हुँदा टोली हारबाट जोगियो । ८६औं मिनेटमा सुनिल तामाङले गोल गर्दै थ्री स्टारलाई खेलमा १–१ गोलको बराबरीमा ल्याए ।

योगेश गुरुङले दिएको क्रसलाई कप्तान विक्रम लामाले हेडर प्रयास गरेपनि नेभेटेको बललाई सुनिलले वान टचमा फिनिस गरे ।
थ्री स्टारले पाँच खेलपछि पहिलो गोल गर्न सफल भएको हो । आर्मीविरुद्ध गोल गरेपछि थ्री स्टारले गोल गन सकेको थिएन ।

यस्तै थ्री स्टार पछिल्लो १३ खेलसम्म जितविहीन बनेको छ । संकटालाई ३–० ले पराजित गरेयता थ्री स्टारले जित निकाल्न सकेको छैन । जसमा थ्री स्टारले ७ बराबरी र ६ हारको नतिजा निकालेको छ ।

यस बराबरीसँगै थ्री स्टार २४ खेलबाट २८ अंक जोडेर ११औं स्थानमा छ । थ्री स्टार रेलिगेसन क्षेत्रमा रहेको टोलीभन्दा ३ अंकले मात्रै अघि छ । एपिएफ २४ खेलबाट ३० अंक जोडेर सातौं स्थानमा छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.