default_image

3 years ago

June 5, 2023

च्याम्पियन बार्सिलोनाको हार

1454 views

0 Bookmark

एजेन्सी – यो सिजनको स्पेनिस ला लिगाको च्याम्पियन बनिसकेको क्याटलान क्लब बार्सिलोनाले लिगको अन्तिम खेलमा पराजित भएको छ ।

बार्सिलोना घरेलु टोली सेल्टा डि भिगोसँग २–१ ले पराजित भएको हो । सेल्टाको जितमा गाब्रिएल भेइगाले दुवै गोल गरे । बार्सिलोनाका अन्सु फातीले एक गोल फर्काए ।

एवान्का वालाइडोस भिगोमा आइतबार राति भएको खेलको ११औं मिनेटमा फ्रान्क केस्सीले गोल गरेपनि भिएआरबाट अफसाइड ठहरिदा गोलले मान्यता नपाउँदा बार्सिलोना अग्रता लिनबाट चुक्यो ।

४२औं मिनेटमा गाब्रिएल भेइगाले गोल गर्दै घरेलु टोलीलाई १–० को अग्रता दिलाए । उनले हरिस सेफेरोभिचको पासमा गोल गर्न सफल भए । ६५औं मिनेटमा गाब्रिएल भेइगाले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गरेपछि बार्सिलोना खेलमा २–० ले पछि पर्यो ।

दुई गोलले पछि परेको बार्सिलोनाले घरेलु टोलीमाथि लगातार दवाव बढाएर एक गोल गर्न सफल भएपनि नतिजा बदल्न सकेन । ७९औं मिनेटमा अन्सु फातीले गोल गर्दै खेलमा फर्कने संकेत दिएपनि त्यसपछि थप गोल निस्कन नसक्दा बार्सिलोना ला लिगाको अन्तिम खेलमा पराजित हुन पुग्यो ।

पछिल्लो चार खेलमा बार्सिलोनाको यो तेस्रो हार हो । रियल सोसिडाडसाग २–१ ले पराजित भएको बार्सिलोनाले त्यसपछि रियल भालाडोलिडसाग ३–१ ले पराजित हुँदा मलोर्कालाई ३–० ले पराजित गरेको थियो ।

यस हारसँगै शीर्षस्थानमा रहेर च्याम्पियन बनिसकेको बार्सिलोनाले ३८ खेलबाट ८८ अंक बटुल्यो । बार्सिलोनालाई हराएको सेल्टा ४३ अंक जोडेर १३औं स्थानमा रह्यो ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.