3 years ago
June 5, 2023
एजेन्सी – इटालियन सिरी ‘ए’ च्याम्पियन नेपोली र एसी मिलानले यो सिजनको सिरी ‘ए’ को अन्तिम खेलमा सफलता हात पारेका छन् ।

नेपोलीले घरेलु मैदानमा साम्पडोरियालाई २–० ले पराजित गरेको हो । नेपोलीको जितमा भिक्टर ओसिमहेन र जियोभानी सिमिओनले गोल गरे । दुवै गोल दोस्रो हाफमा भएको थियो ।
स्टेडियो डिएगो अर्मान्डो म्याराडोना स्टेडियम नेपोलीका आइतबार राति भएको खेलको ६४औं मिनेटमा भिक्टरको पेनाल्टी गोलबाट नेपोलीले १–० को अग्रता लिन सफल भयो ।
त्यसपछि ८५औं मिनेटमा जियोभानी सिमिओनले गोल गर्दै नेपोलीको जित पक्का गरे । उनले जियाकोमो रास्पडोरीको पासमा गोल गर्न सफल भएका थिए ।
यस जितसँगै च्याम्पियन नेपोलीले ३८ खेलबाट ९० अंक बटुल्यो । पराजित साम्पडोरिया १९ अंक जोडेर पुछारमा रह्यो । साम्पडोरिया यसअघि नै रेलिगेसनमा परिसकेको टोली हो ।

सिरी ‘ए’ कै अर्काे खेलमा एसी मिलानले हेलास भेरोनालाई ३–१ ले पराजित गरेको छ । मिलानको जितमा राफयल लियोले दुई तथा ओलिभर जिरुडले एक गोल गरे । हेलास भेरोनाका मार्काे डाभिड फाराओनीले एक गोल फर्काए ।
यस जितसँगै ३८ खेलबाट ७० अंक जोडेर चौथो स्थानमा रह्यो । पराजित हेलास भेरोना ३१ अंक जोडेर रेलिगेसनमा परेको छ ।
यस्तै अर्काे खेलमा युभेन्ट्सले उडिनेसलाई उसकै मैदानमा १–० ले पराजित गरेको छ । युभेन्ट्सको जितमा फेडरिको चिइसाले दोस्रो हाफमा गरेको गोल निर्णायक बन्यो । उनले ६८औं मिनेटमा गोल गर्न सफल भएका थिए ।
यस जितले युभेन्ट्स ३८ खेलबाट ६२ अंक जोडेर सातौं स्थानमा रह्यो । खेलाडी अनुबन्धमा कानुन उल्लंघन गरेको भन्दै १० अंक कटौती गरिएपछि युभेन्ट्स शीर्ष चारमा रहँदै च्याम्पियन्स लिग खेल्नबाट वञ्चित रह्यो ।
१० अंक कटौती नगरिएको भए युभेन्ट्स ७२ अंक जोडेर शीर्ष चारमा रहेर च्याम्पियन्स लिगको लागि छनोट हुने थियो । पराजित उडिनेस ४६ अंक जोडेर १२औं स्थानम रह्यो ।
अन्य नतिजा
एटलान्टाविरुद्ध मोन्जा (५–२)
लिसविरुद्ध बोलोग्ना (२–३)
रोमाविरुद्ध स्पेजिया (२–१)
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]