default_image

3 years ago

June 6, 2023

एपिएफलाई हराउँदै खुमलटारले पुछारको स्थान छाड्यो

360 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत अंक तालिकाको पुछारमा रहेको फुटबल क्लब खुमलटारले नेपाल एपिएफ फुटबल क्लबलाई पराजित गरेको छ ।

च्यासल मैदानमा भएको खेलमा विदेशी फरवार्डद्वय मेसुके ओलोमोउ र स्टेफन बिनोङले गोल गर्दा टोली ३-१ को जित निकाल्न सफल रह्यो । पहिलो हाफमै मेसुकेले दुई गोल गर्दै खुमलटारको रेलिगेसनबाट बच्ने सम्भावना जीवित राखेका थिए ।

यस नतिजाले खुमलटार २७ अंकसाथ १३ अ‍ौं स्थानमा पुगेको छ । फ्रेन्ड्स २६ अंकसाथ पुछारमा छ ।

१३ औं मिनेटमा मेसुकेले आफ्नै हाफबाट दर्शनीय गोल गरे । उनले सेन्टरभन्दा पछाडीबाट लिएको लामो फ्रिकिकमा गोलरक्षक राजु नगरकोटीले ध्यान नदिँदा बल सिधै गोल भएको थियो । इन्ज्युरी समयको तेस्रो मिनेटमा उनले अग्रता दोब्बर पारे ।

दोस्रो हाफको ५५ औं मिनेटमा बिनोङले गोल गर्दै खुमलटारलाई ३-० को सहज अवस्थामा पुर्याए । इन्ज्युरी समयमा सनिश श्रेष्ठले गोल गर्दै एपिएफलाई सान्त्वना गोल दिलाए ।

त्यस्तै एन्फा कम्प्लेक्समा भएको विभागीय डर्बीमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले अंक बाँडे । दिनेश हेन्जनले दोस्रो मिनेटमा नै आर्मीलाई अग्रता दिलाएका थिए । तर अहमद हिजाजीले ३८ औं मिनेटमा बराबरी गोल फर्काए ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.