default_image

3 years ago

June 6, 2023

महर्जनलाई पहिलो ए डिभिजन लिग उपाधि

443 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सफलताले भन्छ बालगोपाल महर्जनले समकालिन उम्दा प्रशिक्षक हुन् । उनले राष्ट्रिय फुटबल टोलीदेखि उमेर समूह र व्यवसायिक प्रशिक्षण जीवनमा पनि थुप्रै सफलता प्राप्त गरिसकेका छन् । मंगलबारबाट उनको सफलतामा अर्को एउटा उपाधि थपिएको छ ।

प्रशिक्षकका रुपमा महर्जन पहिलो पटक ए डिभिजन लिगको च्याम्पियन बनेका छन् । उनको प्रशिक्षणमा लिगको अन्तिम खेल अघि नै चर्च ब्वाइज युनाइटेडले लिग उपाधि जितेको छ । चर्च ब्वाइज ए डिभिजन लिगको पहिलो सहभागितामा नै च्याम्पियन बन्न सफल भएको हो ।

डेढ दशक लामो प्रशिक्षण जीवनमा उनले क्लबलाई ए डिभिजन लिग जिनाउन सकेका थिएनन् । उनले यसअघि घरेलु फुटबल कै सफल टोली मध्येका मनाङ मर्स्याङ्दी क्लब र थ्री स्टार क्लबलाई प्रशिक्षकका रुपमा च्याम्पियन बनाउन सकेका थिएनन् । फ्रेन्ड्समा पनि प्राविधिक निर्देशकको भूमिकामा रहे ।

यसपटक उनले त्यो सफलता प्राप्त गरेका छन् । महर्जन चर्च ब्वाइजको प्रशिक्षक नियुक्त हुँदा टोलीले लिगमा सात खेल खेलिसकेको थियो । आफैंले एन्फा एकेडेमीमा प्रशिक्षण दिएका अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट लगायत क्लब व्यवस्थापनले अनुरोध गरेपछि प्रशिक्षणका लागि तयार भएको चैत २९ गते महर्जनले हाम्रो खेलकुदलाई बताएका थिए ।

लिग उपाधि पक्का भएपछि उनै अनन्त र अन्जन विष्टका साथ पोष्ट म्याच कन्फ्रेन्समा उपस्थित भएका महर्जनले भने, ‘सन् २०१२ देखि हामीसँगै छौं । गुरु दक्षिण पाएको महसुस गरेको छु ।’

क्लबमा केहि पछि मात्र आबद्ध भएपनि टिम वर्क, अनुशासन, लगानशिलताकै सफलता मिलनेको आफूले महसुस गरेको महर्जनले बताए । ‘टोलीका सबैको उत्तिकै मेहेनतले हामीले च्याम्पियन बन्न सफल भएका हौं । अन्तिम खेलमा पनि अपराजित रहेर उपाधि र मेडल लगाउँदा खुसी लाग्नेछ । म सबैलाई धन्यवाद दिन चाहन्छु ।’

यसअघि जति पनि सफलता हासिल भयो ती सबैमा व्यवस्थापन, खेलाडी, प्रशिक्षण टोलीको संयुक्त प्रयास मुख्य रहेको उल्लेख गर्दै महर्जनले भने, ‘सबैको समन्वय आवश्यक हुन्छ । म जहाँ रहेपनि त्यसै कारणले सफलता मिलेको लाग्छ ।’

महर्जनले पहिलो पटक ए डिभिजन लिग जित्दाको अनुभव साट्दै भने, ‘लिग फुटबलको मेरुदण्ड हो । होम एन्ड अवे भएको लिगमा ट्रफी जित्दा खुसी लाग्छ नै । एकदमै खुसी लागेको छ । यसको श्रेय सबैलाई जान्छ । अनुभवी, युवा र विदेशी खेलाडीबीचको समन्वय मिलाएकै कारण सफलता मिलेको हो ।’

अन्जन, अनन्तसहित सन् २०१५ मा नेपाल यू १९ साफ च्याम्पियन बनाएका महर्जनले राष्ट्रिय फुटबल टोलीलाई बंगबन्धु गोल्ड कप जिताएका थिए । त्यस्तै दुई वर्ष अघि स्वदेशमा राष्ट्रिय टोलीलाई पहिलो थ्री नेसन्स कप जिताएका उनले तीन वर्ष अघि स्वदेशमै १३ औं दक्षिण एसियाली खेलकुद ( साग) मा यू २३ टोलीलाई स्वर्ण पदक दिलाएका थिए । दुई वर्ष अघि भएको नेपाल सुपर लिग (एनएसएल) मा काठमाडौं रेजर्सलाई उपाधि दिलाएका महर्जनले केहि समय राष्ट्रिय महिला टोलीलाई पनि प्रशिक्षण दिएका थिए ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.