default_image

4 months ago

June 6, 2023

सातदोबाटोसँग जावलाखेलको हार

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिगमा मंगलबार सातदोबाटो युथ क्लब विजयी भएको छ । दशरथ रंगशालामा भएको खेलमा सातदोबाटोले जवलाखेल युथ क्लबलाई १–० ले हराएको थियो । पहिलो हाफमा गोलरहित बराबरी रहेको खेलको दोस्रो हाफमा सार्दोरबेक मतमुरातोभले गरेको गोल निर्णायक बनेको थियो । सार्दोरबेकले ७४ औं मिनेटमा गोल गरेका थिए । लिगमा […]

23 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिगमा मंगलबार सातदोबाटो युथ क्लब विजयी भएको छ । दशरथ रंगशालामा भएको खेलमा सातदोबाटोले जवलाखेल युथ क्लबलाई १–० ले हराएको थियो ।

पहिलो हाफमा गोलरहित बराबरी रहेको खेलको दोस्रो हाफमा सार्दोरबेक मतमुरातोभले गरेको गोल निर्णायक बनेको थियो । सार्दोरबेकले ७४ औं मिनेटमा गोल गरेका थिए । लिगमा सातदोबाटोको त्यो १० औं जित हो ।

५ खेलमा बराबरी गरेको सातदोबाटोले १० खेलमा हार बेहोरेको थियो । ३५ अंकका साथ टोली पाँचौं स्थानमा छ । ३७ अंकका साथ जावलाखेल चौथो स्थानमा यथावत छ ।

मंगलबार नै थ्री स्टार क्लबसँग गोलरहित बराबरीमा रोकिएपनि सहभागिताको पहिलो सिजनमै चर्च ब्वाइज युनाइटेड क्लब लिग च्याम्पियन बनेको थियो । लिगमा १ सय ८२ खेल मध्ये अब १० खेल मात्र बाँकी छ ।

October 4, 2023

एन्फा आपतकालिन बैठकका लागि कोरम पुगेन !

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) मा घटनाक्रम नयाँ देखिने क्रम जारी छ । कार्यसमितिको बुधबारका लागि बोलाएको आपतकालिन बैठकमा गणपुरक संख्या नै पुग्न सकेन । केन्द्रीय समितिको २१ मध्ये १० जना मात्र सातदोबाटोस्थित एन्फा मुख्यालय पुगेको बताइएको छ । यद्दपी अध्यक्ष पंकजविक्रम नेम्बाङले आफू अनुकुल निर्णय गराएर बैठकमा उपस्थित नभएका केहि […]

October 4, 2023

म्यानचेस्टर युनाइटेडको दोस्रो हार

एजेन्सी – म्यानचेस्टर युनाइटेडले युरोपेली च्याम्पियन्स लिग अन्तर्गत गालातासारायसँग ३-२ ले पराजित भएको छ। १० खेलाडीमा सिमित म्यानचेस्टर युनाइटेडले दोस्रो हार व्यहोरेको हो । युनाइटेडका रासमस होईलंडले दुई गोल गरे पनि जित टार्न सकेनन् । गालातासारायको जितमा विलफ्रिड जाहा, केरेम आक्तुरकोग्लु र माउरो इकार्डीले समान एक एक गोल गरे । होईलंडको गोलबाट युनाइटेडले खेलको १७ […]

October 4, 2023

रियल म्याड्रिडका कठिन जित

एजेन्सी – रियल म्याड्रिडले युरोपेली च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको दोस्रो खेलमा नापोलिमाथि कठिन जित हात पारेको छ । निकै रोमाञ्चक खेलमा म्याड्रिडले ३-२ को जित हात पारेको हो । म्याड्रिडको जितमा भिनिसियस जुनियर र जुड बेलिङ्घमले समान एक एक गोल गरे । एक गोल आत्मघाती गोल रहेको थियो। नापोलिका लागि लियो ओस्टीगार्ड र पिटर […]

Success

Thank you for your time.