default_image

3 years ago

June 7, 2023

बेन्जेमा साउदीको च्याम्पियन अल इतिहादमा अनुबन्धित

330 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली फरवार्ड करिम बेन्जेमा रियल मड्रिडबाट बाहिरिएपछि साउदी च्याम्पियन अल इतिहादमा अनुबन्धित भएका छन् ।

उनलाई रियलले मंगलबार नै सानदार बिदाई गरिसकेको छ । एक पल्टको बालोन डी’ओर विजेता करिम बेन्जेमाले रियल म्याड्रिडमा १४ वर्षको बसाईलाई बिट मार्दै साउदी अरेबियाको च्याम्पियन अल–इतिहादसँग ३ वर्षको सम्झौता गरेका हुन् ।

उनी मोटो रकममा अल इतिहादमा अनुबन्धित भएको बुझिएको छ । ३५ वर्षीय फ्रान्सेली स्ट्राइकर बेन्जेमाले म्याड्रिडसँग १४ वर्षमा ५ च्याम्पियन्स लिग र चार ला लिगासहित २५ ट्राफी जितेका थिए ।

उनले रियलका लागि ३५४ गोल गरेका छन् । उनी क्रिस्टियानो रोनाल्डोपछि रियलको दोस्रो सर्वाधिक गोलकर्ता हुन् । रियलमा ४५० गोल गरेका रोनाल्डो अर्को साउदी क्लब अल–नासरबाट खेल्छन् । उनी गत जनवरीदेखि अल नासरमा छ ।

‘यो राम्रो लिग हो र त्यहाँ धेरै राम्रा खेलाडीहरू छन् ।’ बेन्जेमाले भने, ‘क्रिस्टियानो रोनाल्डो पहिले नै त्यहाँ छन्, एक साथी जसले साउदी अरेबियाले आफ्नो स्तरलाई अझ अगाडि बढाउन थालेको देखाउँछ । म युरोपमा जस्तै जित्नको लागि यहाँ आएको हुँ ।’

‘मैले आफ्नो करिअरमा स्पेन र युरोपमा धेरै कुरा हासिल गरिसकेको छु । यो अब नयाँ चुनौती र परियोजनाको लागि सही समय हो जस्तो लाग्छ ।’ बेन्जेमाले थपे ।

अल–इतिहाद पूर्व वल्भ्स र टोटेनहम प्रशिक्षक नुनो एस्पिरिटो सान्तोको प्रशिक्षणमा छ । सन् २००९ मा फ्रान्सेली क्लब लियोनबाट रियल पुगेका बेन्जेमाले रियलका लागि ६४८ खल खेलेका छन् । उनले क्लबका लागि अन्तिम खेलमा पनि गोल गर्न सफल भएका थिए । आइतबार एथलेटिको बिल्बाओसँग १–१ को बराबरीमा उनले पेनाल्टीमा गोल गरेका थिए ।

अल–इतिहाद चार प्रमुख साउदी अरेबियाका क्लबहरू मध्ये एक हो जुन देशको सार्वजनिक लगानी कोषले लिएको थियो, जसको स्वामित्व न्यूक्यासल युनाइटेड पनि छ ।

रोनाल्डो अल–नासरमा रहँदा अल–हिलालले यसै समरमा पेरिस सेन्ट–जर्मेनका अर्जेन्टिनी फरपार्ड लियोनल मेस्सीलाई अनुबन्ध गर्ने प्रयास थालिरहेको छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.