3 years ago
June 7, 2023
एजेन्सी – अष्ट्रेलियाका एन्जे पोस्टेकोग्लो इंग्लिस क्लब टोटेनहम हटस्परका मुख्य प्रशिक्षक बनेका छन् । टोटेनहमले एन्जे पोस्टेकोग्लोलाई ४ वर्षको लागि क्लबको मुख्य प्रशिक्षकमा नियुक्त गरेका हुन् ।

स्कटल्यान्डमा घरेलु ट्रेवल जितेर उनी टोटेनहम आइपुगेका हुन् । जहाँ एन्जेले सेल्टिकमा दुई सिजन बिताउँदा उपलब्ध ६ वटा ट्रफीहरू मध्ये ५ उपाधि जित्न सफल भएका थिए ।
ग्रीसमा जन्मिएका एन्जे पोस्टेकोग्लो इंग्लिस क्लबको प्रशिक्षण सम्हाल्ने पहिलो अष्ट्रेलियाली प्रशिक्षक बनेका छन् । ५७ वर्षीया एन्जेले आफ्नो जिम्मेवारीमा दुई सिजन सेल्टिकलाई लगातार स्कटिस प्रिमियरसिपसँगै दुईपटक स्कटिस लिग कप र एकपटक स्कटिस कप जिताएका थिए ।
जोक स्टेन, मार्टिन ओनिल, ब्रेन्डन रोजर्स र निल लेननसहित सेल्टिकसँग घरेलु क्लीन स्वीप सुरक्षित गर्ने पाँच जना व्यवस्थापक मध्ये उनी एक हुन् ।
माउरिसियो पोचेटिनोले सन् २०१८–१९ मा टोटेनहमलाई च्याम्पियन्स लिगको फाइनल खेलाएपछि एन्जे टोटेनहमको चौथो स्थायी प्रशिक्षक हुन् । पोचेटिनोपछि जोसे मौरिन्हो, नुनो एस्पिरिटो सान्तो र एन्टोनियो कोन्टे टोटेनहमको प्रशिक्षक बनेका थिए ।
टोटेनहमका अध्यक्ष ड्यानियल लेभीले एन्जेलाई क्लबमा सामेल गराउन पाउँदा उत्साहित रहेको बताएका छन् । ‘एन्जेको आक्रमण शैली र उनीसँग खेलाडीहरू विकास गर्ने बलियो क्षमता छ । हाम्रो क्लबको लागि महत्वपूर्ण छ ।’ अध्यक्ष लेभीले भने ।
मार्चमा कोन्टेको प्रस्थानदेखि स्पर्सले नयाँ प्रबन्धकको खोजी गरिरहेको थियो । क्रिस्टियन स्टेलिनी र त्यसपछि रायन मेसनले अन्तरिम आधारमा जिम्मेवारी लिएका थिए ।
‘एन्जे एक महान फुटबल प्रशिक्षक हुन् । एक असल मानिससँग काम गर्न पाउँदा खुसी लागेको छ । उहाँले क्लबलाई यस्तो ऊर्जा र दृढताका साथ सेवा दिदै अभूतपूर्व सफलता प्रदान गर्नुभएको छ ।’ सेल्टिकका प्रमुख कार्यकारी माइकल निकोल्सनले भने, ‘निस्सन्देह, हामी एन्जे सेल्टिकमा रहन चाहन्थ्यौं र त्यहाँ हामीले उसलाई गुमाउँदैछौं । उनले नयाँ चुनौती लिने निर्णय गरेका छन् । जसलाई हामी सम्मान गर्छौं ।’
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]