3 years ago
June 7, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिगको २५ औं चरणको खेल चलिरहँदा एन्फाले लिगको लागि मुख्य प्रायोजन पाएको छ । लिगको अन्तिम चरण बाँकी रहेको अवस्थामा पुरानै प्रायोजक कतार एयरवेजले प्रायोजन गर्ने भएको हो ।

एन्फाको शनिबार बसेको आपतकालीन समितिको बैठकमा कतार एयरवेजले गरेको प्रस्तावलाई पारित गरिएको जनाइएको छ । प्रस्ताव अनुसार कम्पनिले यस सिजनका लागि ५० हजार अमेरिकी डलर र २०२४ संस्करणका लागि १ लाख ५० हजार अमेरिकी डलर प्रायोजन गर्ने उल्लेख गरिएको छ । एन्फाले यसका लागि छिट्टै सम्झौता गर्ने बताएको छ ।
एन्फाले लिग अवधिभर मुख्य प्रायोजक खोज्न नसक्दा निकै आलोचना भएको थियो । तर लिगको अन्त्य नजिकिदै गर्दा मुख्य प्रायोजक प्राप्त गर्नाले एन्फामाथि केहि आर्थिक भार कम हुने सम्भावना छ । हालसम्म क्लबहरुले तयारी खर्चको दोस्रो किस्ता लगायत प्लेयर अफ द म्याच र अन्य म्याच मनी नपाएको गुनासो पोखेका थिए ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]