4 months ago
June 7, 2023
काठमाडौं (हाम्रो खेलकुद) – कतारमा पुरुष फुटबल विश्व कप सकिएको ६ महिना बितिसक्दा टिकट विक्रीको हिसाब सार्वजनिक गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले झण्डै डेढ महिनापछि अष्ट्रेलिया र न्यूजिल्यान्डले संयुक्त रुपमा आयोजना गर्ने महिला विश्वकपको २ सय ३० टिकट विक्रीका लागि आन्तरिक भागबण्डा गर्ने निर्णय गरेको छ । एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङको अध्यक्षतामा […]
काठमाडौं (हाम्रो खेलकुद) – कतारमा पुरुष फुटबल विश्व कप सकिएको ६ महिना बितिसक्दा टिकट विक्रीको हिसाब सार्वजनिक गर्न नसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले झण्डै डेढ महिनापछि अष्ट्रेलिया र न्यूजिल्यान्डले संयुक्त रुपमा आयोजना गर्ने महिला विश्वकपको २ सय ३० टिकट विक्रीका लागि आन्तरिक भागबण्डा गर्ने निर्णय गरेको छ ।
एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङको अध्यक्षतामा जेठ २० गते बसेको आपतकालीन बैठकले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ४ उपाध्यक्ष, महासचिव, सह महासचिव, प्रवक्ता, कोषाध्यक्ष, सदस्य, जिल्ला, क्लब, मिडिया, प्रायोजक र शुभचिन्तकका लागि टिकटको भागबन्डा गरेको छ । एन्फाका अनुसार महिला विश्व कपका लागि एन्फालाई अष्ट्रेलियामा हुने खेलको १ सय २५ र न्यूजिल्यान्डमा हुने खेलका लागि १ सय ५ गरि २ सय ३० टिकट विक्रीका लागि उपलब्ध भएको छ ।
एन्फाले पदीय मर्यादाक्रम अनुसार टिकटको भाग बण्डा गरेको छ । जसअनुसार अध्यक्षलाई अष्ट्रेलियाको ८ र न्यूजिल्यान्डको ७, वरिष्ठ उपाध्यक्षलाई अष्ट्रेलियाको ७ र न्यूजिल्यान्डको ६, चार उपाध्यक्ष र महासचिव हरेकलाई अष्ट्रेलियाको ५ र न्यूजिल्यान्डको ४, केन्द्रिय सदस्य हरेकलाई अष्ट्रेलिया र न्यूजिल्यान्डको समान ३ टिकट भाग लगाइएको छ ।
त्यस्तै एन्फा कोषध्यक्षलाई अष्ट्रेलियाको र न्यूजिल्यान्डको समान १, तीन सहायक महासचिव र प्रवक्ता हरेकलाई अष्ट्रेलियाको १ र न्यूजिल्यान्डको २ टिकट भाग बण्डामा परेको छ । एन्फाका सदस्य जिल्ला, क्लब, मिडिया, प्रायोजक र शुभ चिन्तकलाई अष्ट्रेलियाको ३५ र न्यूजिल्यान्डको १८ टिकट भागमा राखिएको छ ।
भाग लगाइएको अनुसार कुनै पदाधिकारीले टिकट खरिद गर्न नचाहेको वा कम खरिद गर्न चाहेको अवस्थामा आपसी सहमतिमा अन्य पदाधिकारी वा व्यक्तिले खरिद गर्न सक्नेछन् । टिकट खरिद वा विक्री गर्दा सम्बन्धित पदाधिकारीले सिफारिससहित गैरकानुनी गतिविधि नहुने जिम्मा जमानीको करारनामा गर्नुपर्ने पनि एन्फाले निर्णय गरेको छ ।
एन्फाका महासचिव किरण राईले पारदर्शिताका लागि टिकट पदाधिकारीलाई दिने निर्णय गरेको बताए । उनले भने, ‘एन्फाका सदस्य संस्थाहरुलाई पनि पत्राचार गरेका थियौं । एन्फाले आफै पनि विक्री गर्न त सक्थ्यो । त्यो भन्दा पदाधिकारीलाई दामासहिले भाग लगाइदिएपछि पारदर्शिता पनि हुने भएकाले यो निर्णय गरेका हौं ।’
गत वर्ष पुसमा कतारमा सम्पन्न पुरुष विश्व कपमा एन्फाले २ सय ९० वटा टिकट विक्रिका लागि प्राप्त गरेको थियो । जसमा एन्फाले एसियाली फुटबल महासंघ (एएफसी) लाई ६५ टिकट दिएको जनाएको थियो ।
त्यसबाहेकका टिकटका लागि एन्फाले आफू मातहतका ३ डिभिजन (ए,बी,सी) का ४२ क्लब, ४८ जिल्ला फुटबल संघ, ४ फुटबल संघ (रेफ्री, खेलाडी, प्रशिक्षक र महिला), राष्ट्रिय लिगका लागि छनोट भएका ४ क्लब र ७ प्रदेश फुटबल संघलाई समान १ टिकट विक्रीको प्रावधान राखेको थियो । राईले त्यति बेला सबै टिकट विक्री गरिएको भएपनि सबै सार्वजनिक गर्न आवश्यक नरहेको र त्यसको हिसाब संस्थागत अडिटमा हुने बताए । यसपटक भने पदाधिकारी र अन्यका लागि टिकट विक्रीकै भागबन्डा लगाइएको छ ।
September 25, 2023
बिर्तामोड (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका सहायक प्रशिक्षक तथा पूर्वराष्ट्रिय खेलाडी प्रवेश कटुवाललाई मातृशोक परेको छ । सैनिक युथ क्लबका उपाध्यक्ष समेत रहेका कटुवालकी आमा ईन्द्रमाया कटुवालको आइतबार साँझ ७ बजे उपचारको क्रममा बिर्तामोडस्थित मनमोहन अस्पतालमा निधन भएको हो । उनी मिर्गाैलासम्बन्धी रोगबाट पीडित थिइन् । २०१५ सालमा जन्मिएकी ईन्द्रमायाका प्रवेश र गणेश […]
September 25, 2023
एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा लिभरपुल विजयी हुँदा अर्को खेलमा चेल्सी भने पराजित भएको छ । लिभरपुलले वेस्ट ह्यामलाई ३-१ ले पराजित गर्दै चेल्सीले भने एस्टन भिल्लासँग १-० को साँघुरो हार बेहोर्यो । लिभरपुलका लागि मोहम्मद सालाह, डार्विन नुनेज र डिएगो जोटाले समान एक-एक गोल गरेका थिए । वेस्ट ह्यामका लागि […]
September 25, 2023
एजेन्सी – स्पेनिश लालिगा अन्तर्गत प्रतिष्ठित म्याड्रिड डर्बीमा एटलेटिको म्याड्रिडले जित हासिल गरेको छ । एटलेटिकोको घरेलु मैदान वान्डा मेट्रोपोलिटानोमा भएको खेलमा एटलेटिको मड्रिडले आफ्नै सहरको प्रतिद्वन्द्वी रियल मड्रिडलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । एटलेटिकोको जितमा अल्भारो मोराटाले दुई तथा एन्टोवान ग्रिजम्यानले एक गोल गरेका थिए। रियलका लागि टोनी क्रुसले एक गोल गरे। […]