default_image

3 years ago

June 7, 2023

एनआरटीले मनाङलाई हरायो

425 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – न्युरोड टिम (एनआरटी) ले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा मनाङ–मर्स्याङ्दी क्लबलाई पराजित गरेको छ ।

एनआरटीले मनाङमाथि १–० को महत्वपूर्ण जित निकालेको हो । एनआरटीको जितमा पहिलो हाफमा दिपेश आले मगरले गरेको गोल नै निर्णायक बन्यो । उनले १७औं मिनेटमा गोल गर्न सफल भएका थिए ।

च्यासलस्थित च्यासल मैदानमा बुधबार भएको खेलमा आशिष राईको पासमा अनमार्क रहेका दिपेशले पहिलो बार च्याप्दै गरेको प्रहार मनाङका गोलरक्षक जियारथ शेखले बचाउने प्रयास गरेपनि सफल हुन सकेन ।

त्यसपछि दुवै टोलीले गोलको अवसर निकालेपनि थप गोल निस्कन नसक्दा एनआरटीले महत्वपूर्ण ३ अंक बटुल्न सफल हुँदा मनाङको अपराजित यात्रा १२औं खेलमा पूर्णविराम लागेको छ ।

यो सिजनको च्याम्पियन बनिसकेको चर्च ब्वाइज युनाइटेडसँग ३–० ले पराजित भएयता मनाङ अपराजित रहेको थियो । जसमा ८ बराबरी र ३ जितको नतिजा रहेको थियो । मनाङले पहिलो राउण्डमा ३–१ को जित निकालेपनि दोस्रो राउन्डमा सोही अनुरुपको प्रदर्शन दोहोर्याउन सकेन ।

यस जितसँगै एनआरटीको २५ खेलबाट ३३ अंक पुगेको छ । एनआरटी छैटौं स्थानमा रहेको छ । पराजित मनाङ ३२ अंक जोडेर सातौं स्थानमा छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.